मकवानपुरमा २९ जना कोरोना संक्रमित थपिए
मकवानपुर । मकवानपुरमा पछिल्लो समय कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढ्दै गएको छ । छिमेकी मुलुक भारतसहित नेपालमा पनि कोरोनाको दोस्रो लहर सरु भएसँगै मकवानपुरमा पनि कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ ।
मकवानपुरमा बिहिबार एकजना भारतीय नागरिकसहित २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५२ जनाको स्वाबको नमुना परीक्षण गर्दा जिल्लाका विभिन्न स्थानका र बाहिरी जिल्लाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा आज सक्रिय संक्रमितको संख्या ९८ जना पुगेको छ ।
कोरोना संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका २२ जना, भीमफेदी गाउँपालिका वडा नम्बर–४ का २ जना र मनहरी गाउँपालिका वडा नम्बर–३ का २ जना र बाहिरी जिल्लाका ४ जना रहेका छन् । बाहिरी जिल्ला घर भएका तर हाल कामको शिलशिलामा हेटौंडा बस्दै आएका ४ जनामध्ये बाराका २ जना र नुवाकोटका एक जना रहेका छन् ।
संक्रमण पुष्टि हुनेमा अर्का एक व्यक्ति भने भारतीय नागरिक रहेका छन् । मकवानपुरमा बुधबार मात्र २ जना बालकसहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मकवानपुरमा हालसम्म ४ हजार जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ भने कोरोना संक्रमणका कारण ३३ जना व्यक्तिको मृत्यु भइसकेको छ । त्यस्तै ३ हजार ८ सय ६९ जना कोरोना संक्रमितहरु संक्रमणबाट मुक्त भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा