शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

खराब सुरुवातका बाबजुद मध्यक्रमले बचायो राजस्थान रोयल्सलाई

बिहीबार, ०९ वैशाख २०७८, २१ : ५३
बिहीबार, ०९ वैशाख २०७८

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गतको १६ औं खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई १७८ रनको लक्ष्य दिएको छ । बिहीबार मुम्बईको मैदानमा टस जितेर बेंग्लोरले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १७७ रन बनाएको हो ।

राजस्थानका लागि सुरुवात राम्रो रहेन । तेस्रो ओभरमै प्रारम्भिक ब्याट्सम्यान जोस बटलर ८ रनको व्यक्तिगत स्कोरमा बाहिरिए भने मनन बोहरा ७ रनमा सीमित रहे । कप्तान सन्जु सामसनले २१ रन बनाए भने निकै आशा गरिएका ब्याट्सम्यान डेविड मिलरले खाता नै खोल्न सकेनन् ।

मध्यक्रममा शिवम दुवे र रियान परागले संयमित ब्याटिङ प्रदर्शन गर्दै रनको रफ्तार बढाए भने विकेट पतनलाई पनि केहीबेर रोके । दुवेले ४६ रन बनाए भने परागले २५ रन जोडे । यस्तै राहुल तेवटियाले ४० र क्रिस मोरिसले १० रन बनाए ।

बेंग्लोरका लागि मोहम्मद सिराजले किफायती बलिङ गर्दै चार ओभरमा २७ रन खर्चिएर तीन विकेट लिए । तीन विकेट नै लिएका हर्षल पटेलले भने चार ओभरमा ४७ रन खर्चिए ।

जारी प्रतियोगिताको अंकतालिकामा बेंग्लोर दोस्रो नम्बरमा छ भने राजस्थान सातौं नम्बरमा छ । बेंग्लोरले तीन खेलमा तीन जितका साथ ६ अंक जोड्दा राजस्थानले भने तीन खेलमा एक जित र दुई हारका साथ दुई अंकमात्र हासिल गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप