पेटभित्र निलेर ९३ वटा खैरो हेरोइनका क्याप्सुल पाकिस्तानबाट काठमाडौंमा तस्करी
काठमाडौं । धादिङको खनियाबास गाउँपालिका–१ घर भएका दावा लामा भिजिट भिसामा दुवई गए । दुवईमा ४ दिन बसेपछि ४९ वर्षीय दावा त्यहाँबाट पाकिस्तानको लाहोर हानिए । ०७७ चैत २६ मा उनी नेपाल फर्किए । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई विमानस्थलमा नियन्त्रणमा लियो । प्रहरीसँग उनले लागु औषध बोकेर आएको सुराक थियो । तर, सामान्य खानतलासी गर्दा भेटिएन ।
विमानस्थलमा तातोपानी खान आग्रह गर्दा दावाले खान आनाकानी गरे । ‘ढिला गरेर पानी पिउन थालेपछि हामीलाई शंका लाग्यो’ ब्युरोका प्रवक्ता (एसपी) ऋषिराम कँडेलले रातोपाटीसँग भने–‘अस्पतालमा लगेर सिटी स्क्यान गर्दा पेटमा क्याप्सुल देखियो ।’
प्रहरी अस्पतालका चिकित्सकले उनको पेटमा लुकाएर ल्याएको प्लाष्टिक कोट गरिएको क्याप्सुल निकालेका छन् । ९३ वटा क्याप्सुल पेटबाट निकाल्दा ९ सय ग्राम लागु औषध खैरो हेरोइन भेटिएको एसपी कँडेलले बताए । खैरो हेरोइन तस्करीमा संलग्न दावा र उनलाई पाकिस्तान पठाउने समूहका चार जनालाई ब्यूरोले पक्राउ गरेरको छ । पक्राउ पर्नेमा धादिङको सत्यवेदी घर भएकी ५९ वर्षीय गोपी तामाङ, रुबिभ्याली गाउँपालिका–३ की ४५ वर्षीय होनीमाया तामाङ र लमजुङ घर भएका वयसबहादुर गुरुङ छन् ।
गोपी तामाङ पाकिस्तानबाट लागु औषधको र्याकेट सञ्चालन गर्छिन् । उनले दुईवटा नागरिकता लिएकी छन् । ०६५ र ०६९ मा ब्यूरोले चलाएको मुद्दाको फरार सूचीमा रहेकी उनलाई सो मुद्दामा अदालतले पुर्पक्षका लागी थुनामा राख्ने आदेश दिएको छ ।
१२ दिनमा दुवई–पाकिस्तान यात्रा
दावा तामाङलाई होनिमाया तामाङले भिजिट भिसामा दुवई पठाएकी हुन् । ०७७ चैत १४ मा दुवई उडेका उनी १२ दिनपछि नेपाल फर्किए । दुवईमा चार दिन बसेपछि होनिमायाले पाकिस्तानी नागरिकको नम्बर दिइन् । पाकिस्तानी नागरिकले भिसा पठाएपछि उनी दुवईबाट पाकिस्तान उडेका थिए ।
‘पाकिस्तानी नागरिकले त्यहाँको एयरपोर्टमा दावालाई प्लाष्टिक कोटेड खैरो हेरोइन निल्न लगाएको खुलेको छ’ एसपी कँडेल भन्छन्–‘त्यसपछि उनी काठमाडौं आएका हुन् ।’ पाकिस्तान एयरपोर्टमा ९४ वटा क्याप्सुल दिएको र सोमध्ये अन्तिममा एउटा निल्न नसकेको दावाले प्रहरीलाई बताएका छन् । उनलाई दुवई पठाउने होनिमाया बोलेकी छैनन् । सो तस्करीमा गोपी र वयरबहादुरको पनि संलग्नता भएको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन
-
भूराजनीतिको भूमरीमा बीआरआई परियोजना
-
शैलेन्द्रको साथले बागमती सरकार जोगियो, अन्य प्रदेशमा कस्तो असर गर्ला ?
-
बागमती प्रदेशसभा बैठक १९ गते बस्ने
-
जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत
-
कुन दलले पाउँछ राष्ट्रियसभा उपाध्यक्ष, कहिले हुन्छ चुनाव ?