शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बुबाको हत्या गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

शुक्रबार, १० वैशाख २०७८, ०७ : ५९
शुक्रबार, १० वैशाख २०७८

काठमाडौं । सुनसरीको प्रकाशपुरमा बुवाको हत्या गरेको आरोपमा १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

बराहक्षेत्र नगरपालिका–९ स्थित प्रकाशसपुर घर भएका ३८ वर्षीय उपेन्द्र पौडेलेको हत्या आरोपमा उनका छोरालाई पक्राउ गरिएको सुनसरीका एसपी कमल थापाले रातोपाटीलाई बताए ।

विवाद हुँदा चिया पकाउने ताप्केले हिर्काउँदा घाइते भएका उपेन्द्रलाई उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा लगिएको थियो । उपचारको क्रममा बिहिबार उनको मृत्यु भएको हो ।

बुवाको मृत्युभएपछि छोरालाई पक्राउ गरेर ज्यानसम्बन्धी कसुरमा अनुसन्धान शुरु गरिएको एसपी थापाले बताए । नाबालक भएकाले प्रहरीले हत्या आरोपीको नाम सार्वजनिक गरेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप