एमाले बैठक आज बस्दै, खनाल- नेपाल पक्षमाथि थप कारबाहीको तयारी
काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज (शुक्रबार)बस्दैछ । पार्टी विभाजनको डिलमा पुगेका बेलमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ११ बजे एमाले बैठक बस्न लागेको हो । बैठकअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव नेपाल र वामदेव गौतमसँग छुट्टाछुट्टै भेटवार्ता गरे पनि विवाद थप उग्र बनेको छ ।
वार्ता सफल नभएपछि बैठकमा खनाल नेपाल र गौतम पक्ष सहभागी नुहने बुझिएको छ । ओलीसँग विहीबार भएको भेटमा नेपाल र गौतमले बैठकमा नआउने बताइसकेका थिए ।
आजको बैठकलाई बैशाख ६ गतेको बैठकको निरन्तरताका रुपमा हेरिएको छ । साथै आजको बैठकमा पार्टीको साङ्गठानिक र राजनीतिक प्रतिवेदनमाथि पनि छलफल हुने बुझिएको छ । बैशाख ६ गतको बैठकले खनाल नेपाल पक्षीय प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
जसमध्ये खनाल नेपालसहित केही सांसदले स्पष्टीकरण पनि बुझाइसकेका छन् । एमाले संसदीय दल प्रमुख सचेतक विशाल भट्टराईले उनीहरुले बुझाएको स्पष्टीकरणलाई विश्लेषण गरेर थप कारबाही अगाडी बढाइने बताएका थिए । यस्तै एमाले नेता कर्ण थापाले आजको बैठकबाट खनाल नेपाल पक्षमाथि थप कारबाही हुने बताए । त्यसका लागि तयारी भइरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगका दुई युवा खेलाडी बलात्कारको आरोपमा पक्राउ
-
त्रिविका कानुनी सल्लाहकारको कारबाही रोक्न सर्वोच्चको आदेश
-
सेयर बजारमा सामान्य वृद्धि, साढे २ अर्बको कारोबार
-
कपिलको शोमा पुगे आमिर, भने – ‘बच्चाहरूले मेरो कुरा सुन्दै सुन्दैनन्’
-
प्राधिकरणको आम्दानीबाट सरकारले दिने विद्युत् सहुलियत धान्न सम्भव छैन : कुलमान घिसिङ
-
न्यायाधीश मल्लको प्रश्न– टीआरसीले हेर्ने कि अदालतले ?