शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक सञ्जालमा छायो सलमानको 'राधे'

शुक्रबार, १० वैशाख २०७८, ०८ : ३८
शुक्रबार, १० वैशाख २०७८

अभिनेता सलमान खानले आफ्नो सामाजिक सञ्जालमार्फत बहुप्रतिक्षित फिल्म ‘राधे योर मोस्ट वान्टेड भाई’ को ट्रेलर सार्वजनिक गरेका छन् । त्यसयता, अहिले यो ट्रेलरलाई सामाजिक सञ्जालमा धेरैले शेयर तथा लाइक गरिरहेका छन् । 

ट्रेलर हेर्दा सलमान खान यस फिल्ममा दमदार इन्काउर स्पेशलिस्टको भूमिकामा छन् । यसअघि २००९ मा प्रदर्शनमा आएको ब्लकवस्टर फिल्म वान्टेडमा पनि सलमान यस्तै भूमिकामा थिए, वान्टेडकै केही डायलग यस फिल्ममा पनि सलमानले दोहो¥याएका छन् । त्यतिबेला सलमानको पात्रको नाम पनि राधे नै थियो । 

एक्सन थ्रिलर राधेलाई प्रभुु देवाले निर्देशन गरेका हुन् । यस फिल्ममा दिशा पटानी, रणदीपक हुडडा र ज्याकी श्राफको पनि अभिनय छ । सलमानको यो फिल्म १३ मेई अर्थात् इदको अवसरमा सिनेमाघर र ओटिटी प्लेटफर्ममार्फत रिलिज हुनेछ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप