शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ

शुक्रबार, १० वैशाख २०७८, ०९ : ३७
शुक्रबार, १० वैशाख २०७८

बुटवल । दाङ जिल्ला प्रहरी कार्यालयले बिहिबार बलात्कार मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

गत साउन ९ गते दिउँसो एक महिलालाई बलात्कार गरेको आरोपमा राप्ती गाउँपालिका वडा नम्वर ३ का २८ वर्षीय अर्जुन बिकलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका बिकलाई तुलसीपुरको चोकमा लुकीछुपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।  

उनलाई जिल्ला अदालतमा पेश गरी म्याद थप गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप