केएमसीले १५ सयमै पीसीआर परीक्षण गर्ने
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले १ हजार ५ सय रूपैयाँमै पीसीआर परीक्षण गर्ने भएको छ । नेपालमा कोरोना संक्रमण पुनः बढ्न थालेका बेला केएमसीले शुक्रबारबाट पीसीआर परीक्षण शुल्क घटाएको हो ।
सरकारले अहिले पीसीआर परीक्षणको अधिकतम शुल्क दुई हजार तोकेको छ । सरकारले तोकेकोभन्दा पाँच सय रुपैयाँ कम शुल्कमै केएमसीले पीसीआर परीक्षण गर्न थालेको हो । यसअघि केएमसीले १ हजार ९ सय ९९ मा पीसीआर परीक्षण गर्दै आएको थियो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेकाले संकटको अवस्थामा सर्वसाधरणलाई केही राहत पुर्याउन पीसीआर परीक्षण शुल्क घटाइएको केएमसीका अध्यक्ष डा. सुनिल शर्माले जानकारी दिए ।
पूर्वमा प्रतिष्ठित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले गत भदौ महिनाबाट केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् । पीसीआर परीक्षण गरेर छ घण्टामै रिपोर्ट दिइने केएमसीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु
-
उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने