‘पिरतीको लुडो’मा तेजुला र यसराजको रोमान्स
शुक्रबार, १० वैशाख २०७८, १० : ०५
काठमाडौँ । गायिका शिला बिष्ट ‘अलि’ र गायक बिपिन घिमिरेको स्वर रहेको आधुनिक गीत ‘पिरतीको लुडो...’ सार्वजनिक भएको छ ।
लक्ष्मी पौडेलको शब्द र राजन इसानको एरेन्ज रहेको गीतको आकर्षक भिडियो पनि बनेको छ ।
भिडियोमा अभिनेत्री तेजुला खतिवडा, यसराज गरचको रोमान्स देख्न सकिन्छ । सुजता सिटौलाको निर्माण रहेका भिडियो लुजा सिंहले निर्देशन गरेकी हुन् ।
भिडियोमा नरेशबिर सिंहको कोरियोग्राफी, टेकेन्द्र शाहको सम्पादन रहेको छ ।