शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बालुवाटारमा एमाले बैठक सुरु

शुक्रबार, १० वैशाख २०७८, १२ : १९
शुक्रबार, १० वैशाख २०७८

काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए ।

आजको बैठकले स्पष्टीकरण सोधिएका ३२ जना सांसदमाथि कारवाही, कार्यविभाजन लगायतका विषयमा निर्णय गर्ने नेताहरुले बताएका छन् ।

गत वैशाख ६ गते बसेको बैठकले नेता माधवकुमार नेपालसहितका सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । पार्टी निर्णयको अवज्ञा गरेको भन्दै यसअघि २७ जना संघ र प्रदेशका ५ गरेर ३२ सांसदसँग स्पष्टीकरण मागिएको थियो । स्पष्टीकरणप्रति चित्त नबुझे उनीहरुलाई कारवाहीको निर्णय गर्ने एमालेको तयारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप