शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अक्सिजन अभावपछि चीनले देखायो भारतलाई सहयोग गर्ने इच्छा

शुक्रबार, १० वैशाख २०७८, १२ : ३०
शुक्रबार, १० वैशाख २०७८

एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्या बढिरहेको छ र उनीहरुको उपचारमा आवश्यक पर्ने मेडिकल अक्सिजनको पनि कमी छ । नियन्त्रणबाहिर पुगिसकेको यस अवस्थामा चीनले सहयोग गर्ने इच्छा दर्शाएको छ । 
भारतको केन्द्रीय स्वास्थ मन्त्रालयले पनि विदेशबाट मेडिकल अक्सिजन आयात गर्नेबारे विचार गरिरहेको छ ।

तर उसको जोड चीनभन्दा पनि खाडी देश र सिंगापुरबाट अक्सिजन आयात गर्नेमा छ ।  कोभिड १९ लाई सिंगो मानवताको शत्रु बताउँदै चीनले अन्तर्राष्ट्रिय एकता र परस्पर सहयोग जरुरी रहेको जनाएको छ । चीनको विदेश मन्त्रालयले बिहीबार भनेको छ, ‘भारतको गम्भीर हालतलाई हामीले ध्यानमा राखिरहेका छौं । यहाँ, महामारीबाट लड्नका लागि जरुरी औषधिको तत्काल कमी छ ।’

भारतले अघिल्लो वर्ष चीनबाट मेडिकल उपकरण मगाएको थियो । यसमध्ये अधिकांशका लागि व्यापारिक सम्झौता गरिएको थियो । दुबै देशले दक्षिण एशियाली देशहरुमा कोरोना खोप निर्यात गरिरहेका छन् । तर, अब देशभित्रै गहिरिँदो कोरोना संकटका कारण भारतले खोपको निर्यातमा आधिकारीक रुपमा रोक लगाइदिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप