मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बजेटमा बैंकर्सको सुझाव-‘मदिरा उद्योग सरह बैंकिङ क्षेत्रलाई कर नलगाऊ’

शुक्रबार, १० वैशाख २०७८, १३ : १५
शुक्रबार, १० वैशाख २०७८

काठमाडौं । मदिरा उद्योग सरह बैंकिङ क्षेत्रलाई कर लगाएको भन्दै नेपाल बैंकर्स संघले आगामी बजेट मार्फत घटाउन माग गरेको छ । मुलुकको अर्थतन्त्र उकास्न महत्वपूर्ण भूमिका खेल्दै आएको बैकिङ क्षेत्रलाई चुरोट, मदिरा उद्योगलाई लाग्ने कर सरह (३० प्रतिशत) आयकर लाग्नु न्यायोचित नभएको भन्दै आयकर घटाउन माग गरेका हुन् । आगामी बजेटमा आयकर २५ प्रतिशत बनाउन उनीहरुले सुझाएका छन् । पछिल्लो समय बाणिज्य बैंकहरू बिचको तीव्र प्रतिस्पर्धाले बैंकहरुको नाफा औसतमा १२ प्रतिशत मात्र रहेको बैंकहरुले भनेका छन् । 

यस्तै विदेशी मुद्राको सञ्चिति रकमलाई ठुला परियोजनामा लगाउन समेत उनीहरुले सुझाव दिएका छन् । करिब ६ अर्ब डलर सडक परियोजनामा लगाउनु पर्ने संघको सुझाव छ । यस्तै स्थानीय तहमा सञ्चित कोषको रकम स्थानीय तहमा कारोबार गर्ने बैंकमा निक्षेपको रुपमा रहने व्यवस्था गर्नुपर्ने संघको माग छ ।

यस्तो छ संघको माग-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप