बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सडक निर्माणका क्रममा करेन्ट लागेर युवकको मृत्यु

शुक्रबार, १० वैशाख २०७८, १६ : ३३
शुक्रबार, १० वैशाख २०७८

गोरखा । गोरखामा करेन्ट लागेर आज बिहान एक युवकको मृत्यु भएको छ । गोरखा नगरपालिका–६ स्थित टेलिकम क्षेत्रमा सडक बाटो ढलानका क्रममा आफैँले समाएको फलामको रडले विद्युत्का तारमा छुन पुग्दा करेन्ट लागेर रुकुम (पश्चिम) को चौरधारे नगरपालिका–१० घर भएका ३२ वर्षीय थलबहादुर विकको मृत्यु भएको हो ।

 ढलान गरेर सडक बनाउन लागिएका ठाउँमा मजदूर विकले फलामको रड ठाडो पार्ने क्रममा विद्युत्को हाइटेन्सन लाइन एक्कासि छुन पुग्दा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए ।
करेन्ट लागेर गम्भीर घाइते विकलाई नजीकैको एपोलो अस्पतालमा उपचारका लागि पुर्याइएकामा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप