शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडामा २३ कोरोना संक्रमित थपिए

शुक्रबार, १० वैशाख २०७८, १७ : ५९
शुक्रबार, १० वैशाख २०७८

मकवानपुर । मकवानपुरमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार हेटौंडाका २२ बाहिर जिल्लाका एकसहित २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । हेटौंडामा ४१ जनाको स्वाबको नमुना परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । योसँगै मकवानपुरमा संक्रमण पुष्टि हुनेको संख्या ४ हजार २१ जना पुगेको छ ।

संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका २२ जना र नुवाकोट घर भइ हाल हेटौंडा बस्दै आएका एक जनमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये १७ जना पुरुष र ६ जना महिला रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप