बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

१८३ नमुनाको परिक्षण गर्दा ६३ जनामा संक्रमण

शुक्रबार, १० वैशाख २०७८, १८ : ०८
शुक्रबार, १० वैशाख २०७८

सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना प्रयोगशालामा गरिएको परीक्षणबाट थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज १८३ नमुनाको परिक्षण गर्दा थप ६३ जनामा कोरोना पोजिटिभ पुष्टि भएको हो । 

पुष्टि हुनेमा धनगढीका १४  महिला र १५ पुरुष,  टीकापुरका १ महिला र ३ पुरुष, गोदावरीका २ महिला र ४ पुरुष, घोडाघोडीका ४ महिला र ४ पुरुष, जानकीका ३ महिला र १ पुरुष, जोशीपुरका १ पुरुष, चुरेका १ महिला, कञ्चनपुर बेलौरीका २ महिला र १ पुरुष छन् । 

त्यसैगरी कञ्चनपुर पुनर्वासका ५ पुरुष, कञ्चनपुर लालझाडीका १ पुरुष र नवदुर्गा बैतडीका १ पुरुषमा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । 

१२० नमुना भने नेगेटिभ आएको उनले बताए । कोरोना संक्रमित  २९  पुरुष र ९ महिलाको सेती प्रादेशिक अस्पताल धनगढीमा रहेको कोरोना अस्पतालमा उपचार भइरहेको उनले बताए  ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप