बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश २ मा प्रभुको जिम्मेवारी ज्वालालाई

शुक्रबार, १० वैशाख २०७८, १९ : ०१
शुक्रबार, १० वैशाख २०७८

काठमाडौं ।  नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठकले नेताहरुको जिम्मेवारी हेरफेर तथा बाँडफाँट गरेको छ । बैठकले कार्य विभाजनअनुसार २ सय ६५ जना नेताहरुलाई जिम्मेवारी दिइएको छ ।

बैठकले महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको जिम्मेवारी बाँडफाँड समेत गरेको  हो  । महाधिवेशन आयोजक कमिटीका सदस्यहरुलाई भूगोल, विभाग र जनसंगठनको विभिन्न जिम्मेवारी दिइएको हो ।

जसअनुसार प्रदेश २ को प्रदेश इन्चार्जको जिम्मेवारी रघुवीर महासेठले पाएका छन् भने प्रदेश अध्यक्षबाट माओवादी केन्द्र परित्याग गरेका प्रभु साहलाई हटाइएको छ ।

उनको ठाउँमा माओवादी केन्द्रबाटै एमाले प्रवेश गरेकी ज्वालाकुमारी साहलाई जिम्मेवारी दिइएको छ । सहरी विकासमन्त्री समेत रहेका प्रभुलाई पार्टी विभाग तथा पेसागत संगठन इन्चार्ज बनाइएको छ । 

प्रभुले सहरी विकास विभाग प्रमुख, पेशागत महासंघ नेपाल तथा सम्बद्ध संगठनहरु र नेपाल बुद्धिजीवि परिषद् तथा सम्बद्ध संगठनको इञ्चार्जको जिम्मेवारी पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप