मोटरसाइकल दुर्घटनामा एक बालिकासहित ३ जनाको मृत्यु
सिन्धुली । यहाँ आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमा र एक बालकको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले दिनुभएको जानकारीअनुसार प्रदेश २–००१ प २१६३ नम्बरको मोटरसाइकल कमलामाई नगरपालिका¬–१४ चन्दनपुरमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक दुधौली नगरपालिका–४ घर भएका २६ वर्षीय यमकुमर दनुवार र उहाँका भतिज १३ वर्षीय आशिषकुमार दनुवारको घटना स्थलमा नै मृत्यु भएको उनले जानकारी दिए । यस्तै दुर्घटनामा घाइते भएका अदितकुमर दनुवारको उपचारका लागि सिन्धुली अस्पतालमा लगिएकामा अस्पतालमा पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए । मृतक मोटरसाइकल चालक यमकुमार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी जवान रहेको र बिदामा घर आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ