बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘नेपाल सुपर लिग’को टिम ‘पोखरा थन्डर्स'लाई प्रायोजन गर्दै हुन्डाई नेपाल

शुक्रबार, १० वैशाख २०७८, १९ : २८
शुक्रबार, १० वैशाख २०७८

काठमाडौँ । नेपालको लागि हुन्डाई ​गाडीको एकमात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टलले नेपाल सुपर लिगको प्रथम संस्करणमा रहेको ७ मध्येको पोखरा थन्डर्सलाई प्लाटिनम स्पोन्सरको रुपमा प्रायोजन गरेको छ । 

नेपाल सुपर लिगको प्रथम संस्करण बैशाख ११ गते देखि जेठ १ गतेसम्म हुन गइरहेको छ । नेपाल सुपर लिग अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत हुने ७ वटा टिमको टुर्नामेन्ट हो । जुन काठमाडौंको दशरथ रंगशालामा राउन्ड रोबिन फरम्याटमा खेलिन्छ । नेपाल सुपर लिग नेपालमा पहिलो फ्रेन्चाइज फुटबल टुर्नामेन्ट हो । 

हुन्डाईले विश्वभरनै खेलको विकास र प्रवर्धन गर्ने हेतुले विश्वकपको साथै विभिन्न लिग प्रतियोगिताहरुमा पनि प्रायोजन गर्दै आइरहेको छ । यसरी नै लक्ष्मी हुन्डाईले पनि नेपालमा खेलकुद विकासको लागि विभिन्न खेलकुदहरू (फुटबल, गल्फ) मा प्रत्यक्ष रुपमा सहयोग गर्दै आइरहेको छ । लक्ष्मी हुन्डाईले बिगतमा नेपालको ‘ए’ डिभिजन टिम पनि १० बर्षसम्म प्रायोजन गरेको थियो । 

हुन्डाई मोटरले इङ्लिस प्रिमियर लिग सिजन २०१८/१९ लाई वर्षसम्मका लागि चेल्सी एफसीलाई प्रायोजन गरेको छ । साथै फिफा प्रतियोगिताहरूमा विगत १० वर्षदेखि अफिसियल प्रायोजक रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप