विमानस्थल ओर्लनेवित्तिकै वामदेवलाई भेट्न पुगे माधव नेपाल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । शुक्रबार जनकपुरबाट काठमाडौं फर्केका नेता नेपाल गौतमलाई भेट्न त्रिभुवन विमानस्थलबाट सिधै नागपोखरी पुगेका थिए ।
शुक्रबार विहान जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले गौतमले आफूसँग छलफल गर्न चाहेको बताएका थिए । केपी ओलीले पार्टी ध्वस्त पार्न लागेको भन्दै गौतमले आफूसँग छलफल गर्न चाहेको नेता नेपालको भनाइ थियो । यही विषयमा छलफल गर्न गौतम र नेपालबीच भेटवार्ता भएको हो ।
गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार नागपोखरीस्थित हरिस गौतमको कार्यालयमा दुई नेताबीच कुराकानी भएको हो ।
विहीबार साँझ बालुवाटारमा प्रधानमन्त्री एव्ं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग डिनर मिटिङ गरेका नेता गौतम ओलीसँग बिच्किएर नेता नेपाल निकट पुगेका हुन् । यसअघि गौतम एमालेका दुबै समूहमा नलागी एमाले राष्ट्रिय एकता अभियान चलाएर तेस्रोधारमा थिए ।
वरिष्ठ नेता नेपालले पनि बुधबार र विहीबार दुई दिन मेरियट होटलमा प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए ।
प्रधानमन्त्री ओलीसँग भएका दुबै नेताका छलफल सकारात्मक नभएपछि शुक्रबार साँझ भएको नेपाल –गौतम वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यसैबीच प्रधानमन्त्री ओलीले शुक्रबार नै बालुवाटार राखेको बैठकबाट नेता गौतमलाई पनि स्थायी कमिटी सदस्य बनाइएका छन् । तर नेता गौतमले त्यो स्थायी कमिटीको कुनै अर्थ नरहेको प्रतिक्रिया दिएको सुवेदीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी