बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको स्थायी कमिटी महिला विहीन

शुक्रबार, १० वैशाख २०७८, १९ : ४१
शुक्रबार, १० वैशाख २०७८

काठमाडौं । नेकपा एमालेको नवगठित स्थायी कमिटी महिला विहीन भएको छ । साविक शुक्रबार एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले तत्कालीन नेकपामा स्थायी कमिटी सदस्यको रुपमा रहेका १९ जना सदस्यहरुलाई स्थायी कमिटी सदस्य बनाएको हो ।

१९ सदस्यीय स्थायी कमिटीमा एक जना महिलाले पनि हटाउन सकेनन् ।  साविकको एमालेको २२ सदस्यीय स्थायी कमिटीमा एक जना महिलाको प्रतिनिधित्व थियो । २२ जनामध्ये स्थायी कमिटीमा अष्टलक्ष्मी शाक्यले महिलाको प्रतिनिधित्व गरेकी थिइन्। शाक्य खनाल–नेपाल समूहमा लागेपछि ओली नेतृत्वको एमालेमा महिला प्रतिनिधित्व शुन्य हुन पुगेको छ ।

खनाल–नेपाल समूहलाई अलग राखेर गठन गरिएको स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा (बादल), विष्णु पौडेल टोपबहादुर रायमाझी, किरण गुरुङ, सुवास नेम्वाङ, शंकर पोखरेल, लेखराज भट्ट,प्रदीप ज्ञवाली, सत्यनारायण मण्डल, विष्णु रिमाल, मणि थापा, छबिलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल र पुष्पलाल कँडेल रहेका छन् ।

महिला प्रतिनिधित्वबारे बैठकमै कुरा उठेको प्रवक्ता प्रदीप ज्ञवालीले स्वीकारे । महिलाको प्रतिनिधित्वबारे पुनर्विचार गरिने उनको भनाइ थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप