शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संविधानको पुनरावलोकन जरुरी छ : मन्त्री साह

शुक्रबार, १० वैशाख २०७८, २१ : ४६
शुक्रबार, १० वैशाख २०७८

सहरी विकास मन्त्री प्रभु साहले वर्तमान संविधान अपुरो रहेकाले नै देश अहिले बिभिन्न संकटमा परिरहेको बताएका छन् । गृहजिल्ला रौतहटको गरुडा नगरपालिका अन्तरगत शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले त्रुटिपूर्ण संविधान रहेकै कारण अहिले जनताबाट हारिसकेका बहिष्कृत भएका नेता भनाउँदाले जनताको मतबाट निर्वाचित जनप्रतिनिधिलाई स्पष्टीकरण सोध्ने र कारवाहीको नाममा गलत कृयाकलाप गरिरहेको बताएका हुन् । वर्तमान संविधानको पुनरावलोकन जरुरी रहेकाले सबै नेपाली एकपटक अग्रसरता देखाउनु पर्ने साहले अनुरोध गरे । 

मन्त्री साहले गरुडा नगरपालिका अन्तरगत बिभिन्न स्थानमा सडक लगायत पूर्वाधारको शिलान्यास गरेका छन् । सघन सहरी तथा भवन डिभिजन वीरगंजका प्रमुख दिलिप कुमार सिंहले गरुडा नगरपालिका अन्तरगत कालोपत्रे,ढलान,लगायत २० करोड लागतको झण्डै एक दर्जन आयोजनाको शिलान्यास भएको बताए ।

मन्त्री साहले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको नारा सुखी नेपाली समृद्ध नेपाल साकार पार्न रौतहटमा मात्र नभइ समग्र प्रदेश र देशमै विकासले गति लिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप