मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा सक्रिय संक्रमित घट्दै, ४ करोड ५० लाख बढी डोज खोप वितरण

शुक्रबार, १० वैशाख २०७८, २२ : २०
शुक्रबार, १० वैशाख २०७८

लन्डन । बेलायतमा कोरोनाका सक्रिय  संक्रमित दर निरन्तर ओरालो लाग्दै गएको छ । हाल बेलायतमा सक्रिय संक्रमितको संख्या ९६ हजार ३४९ मा झरेको छ । राष्ट्रिय तथ्याङ्कको कार्यालयले जनाएअनुसार बेलायतमा हाल ६१० जनामध्ये एक जनामा कोरोना भाइरस रहेको उल्लेख गरेको छ ।

बितेको २४ घन्टामा दुई हजार ६ सय ७८ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै बेलायतमा संक्रमितको संख्या ४४ लाख १ हजार १०९ पुगेको बीबीसीले जनाएको छ । हालसम्म ४१ लाख ७७ हजार ३७५ जना कोरोना संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्याँकमा उल्लेख छ । यसैगरी पछिल्लो २४ घन्टामा ४० जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।

योसँगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २७ हजार ३८५ पुगेको छ । तर, मृत्यु दर्ता प्रमाणपत्रको आधारमा भने मृतक संख्या एक लाख ५० हजार ८४१ पुगेको छ ।  पछिल्लो एक सातामा बेलायतमा कोरोनाका कारण १६२ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै, पछिल्लो तथ्याँकअनुसार १७४ संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा उपचार गराइरहेका कोरोना बिरामीको संख्या एक हजार ८ सय ७९ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप