पुटिनको आलोचक नभाल्नीले तीन हप्तापछि अनशन अन्त्य गर्दै
एजेन्सी । क्रेमलिन आलोचक एलेक्सी नभाल्नीले आफ्नो तीन हप्ता लामो भोक हड्ताल शुक्रबार अन्त्य गर्ने बताएका छन् । आफ्नो स्वास्थ्य उपचारका लागि रूसी जनता र विश्व समुदायले रूसी प्रशासनमाथि दिएको दबाबको परिणाम आफूलाई अस्पतालमा लगिएको भन्दै उनले सबैमा हार्दिकता प्रकट गरेका छन् ।
अमेरिकी समाचार संस्था सीएनएनका अनुसार रूसी विपक्षी नेताको बिग्रिएको स्वास्थ्यको कारण उनलाई जेलबाट अस्पतालमा सारिएको केही दिन पछि यो घोषणा भएको हो । “देशभर र विश्वभरका असल व्यक्तिहरूको अथाह समर्थनका लागि धन्यवाद, हामीले ठूलो प्रगति गरेका छौं,” नभाल्नीको इन्स्टाग्राम पोस्टलाई उद्धृत गरी ‘द हिल’ ले लेखेको छ ।
उनले भने, “दुई महिनाअघि, उनीहरू (रूसी प्रशासक) मैले केबल स्वास्थ्य उपचारको सहायताको लागि गरेको अनुरोधमा हाँसे र मलाई कुनै औषधि दिएनन् । एक महिना अघि, मैले मेरो उपचारका लागि गरिएका परीक्षण रिपोर्ट माग्दा ‘हाँसिमजाक’ गरियो । रूसी सरकारलाई मेरो मागप्रति झुकाउन पाएको विश्वव्यापी समर्थनका लागि म सबैमा धन्यवाद ज्ञापन गर्दछु । अहिले मलाई नागरिक चिकित्सकहरूको समूहले दुई पटक जाँच गरिसकेको छ ।”
रूसी समाचार संस्था स्पुत्निकले नाभाल्नीले भोक हड्ताल फिर्ता लिन लागेको बारेमा जानकारी दिँदै आफ्नो समाचारमा लेखेको छ, “मैले मलाई हेर्ने छुट्टै चिकित्सकको मागलाई फिर्ता लिएको छैन । मेरो अङ्गमा केही संवेदना हराएको छ र म यो के हो र यसलाई कसरी उपचार गर्ने भनेर जान्न चाहन्छु । यद्यपि प्रगतिलाई ध्यानमा राख्दै यो रोग निदान र सबै परिस्थितिहरुका कारण मैले भोक हड्ताल समाप्त गर्ने निर्णय लिएको छु ।”
आफ्नो नजरबन्दबिरूद्ध विरोध प्रदर्शन भएकोमा आफूलाई ‘गर्व र आशा’ महसुस भएको नभाल्नीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी