मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिनेको घुइँचो

शुक्रबार, २७ असोज २०७४, ११ : ५०
शुक्रबार, २७ असोज २०७४

तनहुँ –    जिल्ला प्रहरी कार्यालय तनहुँमा आसन्न प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको लागि म्यादी प्रहरीको लागि मंगलबार, बुधवार र बिहिवार गरि करिव ६ सय जनाले आवेदन फर्म पेश गरेका छन् । 

म्यादी प्रहरीका लागि आवेदन माग भएसँगै आवेदन दिनेको संख्या ह्वात्तै बढेको हो । बुधबार र बिहीवार साँझ अवेरसम्म आवेदन फर्म पेश गर्ने युवायुवतीको लाइन लागेको डिएसपी सुनिल मल्लले जानकारी दिए । 

जिल्ला तनहुँबाट करिव ९ सय जना छनौट हुने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । यसअघि स्थानीय तहको निर्वाचनमा तनहुँ जिल्लाबाट करिब ७ सय ८८ जनाको आवेदन फर्म लिइएको थियो । 

म्यादी प्रहरी भर्नाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीमा कार्यरत रही पेन्सन वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मी, विदेशी मित्र राष्ट्रका सुरक्षा निकायहरुमा काम गरी सेवा निवृत नेपाली पूर्व सुरक्षाकर्मी र विगतका संविधान सभार स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीको रुपमा भर्ना भई राम्रा काम गरेका म्यादी प्रहरी विशेष प्राथामिकताको व्यवस्था रहेको डिएसपी मल्लले जानकारी दिए ।

आवेदन दिनेमा किशोरकिशोरी, बैदेशिक रोजगारीबाट फर्किएका तथा सुरक्षा निकायमा काम गरेकाहरु बढी छन् ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप