मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीबासीको पीडा : हवाई टिकटमा कहिलेसम्म सिन्डिकेट ?

शुक्रबार, २७ असोज २०७४, ११ : ५६
शुक्रबार, २७ असोज २०७४

रामचन्द्र न्यौपाने

डोल्पा– कर्णालीका पाँच जिल्ला यातायात सुबिधाको पहुँचबाट निकै पछि छन् । यहाँका जिल्लासम्म पुग्न सडक यातायातको राम्रो सुविधा छैन् नै विकल्पमा रहेको हवाई यातायात पनि भरपर्दो नहुँदा कर्णलीबासीलाई सास्ती व्यहोर्नुको विकल्प छैन । कर्णालीकै डोल्पामा अहिलेसम्म पनि सडक यातायातले छोएको छैन् । डोल्पामा यातायातको एकमात्र विकल्पको रुपमा रहेको जुफाल विमानस्थल कालोपत्रेपछि संञ्चालनमा ल्याईएपनि जहाजहरु आउलान् र सहज रुपमा हवाई टिकट पाईएला भन्ने डोल्पालीको आशा निराशामा परिणत भईसकेको छ । विमानस्थल कालोपत्रेपछि पनि टिकेटको समस्या उस्तै छ । 

सिस्टममा छैन टिकेट बाँडफाँड
दशँै सकिएसँगै जुफाल विमानस्थलमा यात्रुहरुको चाप बढेको छ । प्रत्येक दिन यात्रुहरुको सङ्ख्या बढ्दै गर्दा जहाजले नियमित उडान भने घटाएको छ । डोल्पामा हवाई सुविधा दिँदै आएक तारा र गोमा एअरलाईन्सले  पुवतर्फ उडान भर्ने गरेपछि नियमित उडान घटेको हो ।जुफाल विमानस्थलबाट सर्वसाधारणहरुले हप्तौदेखि जहाज कुरेपनि गन्तब्यसम्म पुग्न पाएका छैनन् । यो समयमा विदेशी पर्यटकहरुको समुहले जहाज नै बुक गर्ने भएकाले सर्वसाधारणहरु हप्तौदेखि जहाज कुर्न बाध्य भएका हुन् ।

उता एअरलाईन्सहरुले व्यक्ति हेरेर हवाई टिकेट दिने गरेकाले हप्तौँदेखि सर्वसाधारणहरु विमानस्थलमा बस्न बाध्य भएको स्थानीय महेन्द्र पहाडीले गुनासो गरे । ‘विमान कम्पनिहरुले सिस्टममा टिकेट बाँडदैनन््,पावर भएका मान्छेहरु एकै दिनमा उड्न पाउँछन्, पावर नभएका मान्छेहरु हप्तौसम्म पनि उड्न पाउँदैनन्,’ पहाडीको भनाई छ । 

नेपालगञ्ज विमानस्थलमा पनि डोल्पा जाने यात्रुहरुको चाप बढेको एअरलाईन्सहरुले जनाएका छन् । नेपालगञ्जमा पनि टिकेटको चहलखेल झन धेरैहुने गरेको पीडितहरुले बताएका छन् । ‘जहाज कुरेको चारदिन भईसक्यो,एयरलाईन्सका मान्छेले हाम्रो कुरै सुन्दैनन्,पँहुच र पावर भएका एकै दिनमा उडेका छन्’ नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका एक कर्मचारीले भने‘नेपालगञ्जदेखि तारा एयरलाईन्स र गोमा एअरका कर्मचारीका व्यबाहार देख्दा मन भक्कानिएर आँउछ’नेपालगञ्जबाट जहाँजमा डोल्पा पुग्नु युद्ध जिते भन्दा पनि ठुलो हुने उनले सुनाए ।

एअरलाईन्सको सिन्डिकेट
‘नेपालगञ्ज–डोल्पा र डोल्पा–नेपालगञ्ज नियमित उडानबाट यात्रा गर्न टिकट पाउन निकै मुस्किल पर्छ’ त्रिपुरा सुन्दरी नगरपालिकाका स्थानीय कबीप्रसाद उपाध्यायले भने‘नेपालगञ्ज देखि डोल्पा जाने टिकटहरु टाठाबाठा र चिनेजानेकाहरुको पँहुचमा कहिलेसम्म चल्ने हो ? ’उपाध्यायले पश्न गरे । एयरलाईन्सको टिकेटमा सिन्डिकेट हटाउनेतर्फ सम्बन्धित निकाय गम्भिर बन्न जरुरी भएको उपाध्यायले बताए । ‘डोल्पामा नियमित उडान भर्दै आएका तारा र गोमा एअरका कर्मचारीहरुसँग जसको पँहुच छ उसैले मात्र टिकेट पाँउछन्,नभएकाहरु महिनौ कुर्दा पनि पाउदैनन्’ पत्रकार टेश शाहीले भने ‘कर्णालीका जिल्लाहरुमा उडान भर्ने एयरालाईन्सले गर्नेे सिन्डिकेट नतोडिएसम्म सर्वसाधारणले हवाई टिकेटको सास्ती भोगिरहनुपर्ने शाहीको ठहर छ । 

कस्तो ब्यवाहार कर्मचारीको ?
टिकटका लागि बल्लतल्ल एयरलाइन्सका कर्मचारीलाई भेटेपनि उनिहरुको व्यवहार रुखो हुने गरेको पीडितहरुको गुनासो छ । एक पीडितले भने नमस्कार समेत फर्काउदैनन । तिन चार पटक सम्म भन्दा सोध्दापनि उनीहरुले नसुन्ने र अन्तिममा टिकेट छैन् भन्ने जवाफ कर्मचारीबाट आउछ । कतिपयले टिकट लिन एअरपोर्ट जानु भनेपनि सर्वसाधारणलाई एयपोर्टको काउन्टरसम्म पुग्न सहज हुँदैन । ‘बल्लतल्ल एयपोर्ट पुगेपनि त्याँहाका कर्मचारीको जवाफ रेडिेमेट हुन्छ–‘टिकेट छैन’ त्रिपुरा सुन्दरी नगरपालिकाका कालीबहादुर बुढाको गुनासो छ ।

सहज हुँदा ट्राभल एजेन्सी, नहँुदा आफै
कर्णाली क्षेत्रमा उडान भोर्दै आएका तारा,गोमा एअरलाईन्सहरुले मान्छेहरुको चाप कम भएकोे बेला ट्राभल एजेन्सिहरुलाई टिकट दिने मान्छको चाप भएको बेला नदिने गरेको पाईएको छ । मान्छेहरुको चाप भएको बेला दँशै तिहारमा टिकटमा चहलखेल गर्न तथा मन्त्री र संघ सँस्थाका प्रमुखको नमस्कार खानको लागि ट्राभल एजेन्सिहरुलाइ दुर्गममा उड्ने एअरलाईन्सहरुले टिकेट सिट नदिने गरेको नाम नभन्ने शर्तमा नेपालगञ्जकै एक ट्राभल एजेन्सीका संञ्चालकले हामिसँग भने । 

उडान थप गर्न माग
निजि विमान कम्पनीहरुको दादागिरीले आजित भएका सर्वसाधारणहरुले नेपाल एअरलाईन्सको थप उडानको आस गरेका छन् । कर्णालीका पाँच वटै जिल्लामा हप्तामा एउटा मात्रै उडान भर्दै आएको नेपाल एअरलाईन्सलाई एक थपेर हप्तामा दुई दिन उडान गरिदिन माग गरेका हुन् । 

नौ हजार तिरेर पनि पाईँदैन
नेपालगञ्जदेखि डोल्पा सम्मको हवाई भाडा आठ हजार छ सय रहेको छ । तर, छिमेकी राष्ट्र भारत जान पुग्ने पैसाले पनि नेपालकै जहाज टिकेट नपाईने पीडाले मन साह्रै दुख्ने गरेको त्रिपुरा सुन्दरी नगरपालिकाका स्थानीय दुर्गा प्रसाद देबकोटाले बताए । डोल्पा उडान भर्दे आएका तारा र गोमा एअरले उक्त भाडा दरमा उडान भर्दै आएका छन् । जहाजको पैँतिस मिनेटको बाटोमा दोहोरो भाडा तिरेर पनि गन्तव्य सम्म जान नपाउनुको क्षण साच्चीकै पिडादायी भएको देबकोटाले बताए । एअरलाईन्सले डोल्पा लगाएतका दुर्गमका जिल्लाहरुमा दुईतर्फी भाडा लिएर मात्र उडान भर्ने र्गछन् । भने डोल्पादेखि आउन भने छत्तीस सय पचास तिर्नुर्पछ । नेपालगञ्जबाट जानको लागि दुईतर्फी भाडा तिर्दा पनि जान नपाईने भएपछि यात्रुहरु साह्रै मर्कामा परेको डोल्पाका नागरिक अगुवा सुरेन्द्र ढकालले जानकारी दिए । 
फोनबाटै हुन्छ टिकट बुक
दुर्गमका जिल्लाहरुमा हुने हवाई उडान सर्वसाधारणको पहुँचमा छैन् । जहाजको टिकट पाउनको लागि कि कर्मचारी चिन्नुप¥यो कि त साविकको मुल्य भन्दा धेरै तिरेर जान टिकेट दलाल सँग सम्पर्क हुनुप¥यो’ नेपाली काङ्ग्रेस डोल्पाका पार्टी सचिव जयनन्द उपाध्यायले भने‘दुर्गममा उड्ने तारा,गोमा एअर लाईन्सको टिकेट अग्रिम फोनबाटै बुक हुने भएकाले चिनजान नभएकाका लागि टिकट पाउने सम्भावना न्युन छ ।’

बिदेशी प्राथामिकतामा
नाफामुखि भन्दा सेवामुखि ढङ्गबाट जनतालाई सेवा दिने नेपाल सरकारसँग निजि विमान कम्पनीहरुको सम्झौता हुन्छ । तर दुर्गममा चल्ने जहाजहरु सेवामुखि भन्दा नाफामुखि ढङ्गबाट संञ्चालन भईरहेका छन् । जसले गर्दा  विदेशि पर्यटकहरु उनिहरुको थामिकतामा पर्ने गर्दछन् । सर्वसाधारण,बिरामी बिद्यार्थी ,ज्येष्ठ नागरिकहरु बढि मारमा पर्ने गरेको डोल्पाका शिक्षक लोकेश खत्रीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप