बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकामा गुन्जियो बुद्धवीरका गीत

सोमबार, १३ वैशाख २०७८, १४ : १३
सोमबार, १३ वैशाख २०७८

काठमाडौंँ । चर्चित गीतकार बुद्धवीर लामाको एकल साँझ अमेरिकामा सम्पन्न भएको छ । ‘बुद्धवीर लामा दशौं गीतिमय साँझ २०२१’ नामाकरण गरिएको कार्यक्रम शनिबार साँझ (नेपाली समय अनुसार आइतबार’ पेन्सिलभेनिया राज्यको ह्यारिसबर्ग शहरमा आयोजना भएको थियो ।

दर्शकले भरीभराउ र सांगीतिक माहोलमा आयोजित कार्यक्रममा लामाको रचना रहेको दर्जन बढी चर्चित गीतहरु विभिन्न कलाकारहरु प्रस्तुत गरेका थिए । जसमा यमु राईले ‘धोखा दियौ तिमीले’ र ‘लालि गुराँस अजम्बरी’ गीत प्रस्तुत गरेका थिए । 

त्यसैगरी टीका लामिछानेले ‘खोटाङ्ग हलेसी’ र ‘कतिमाया लाग्छ रिमै’, मनोज ढकालले ‘बादलुको घुम्टोले’, जितेन्द्र गिरीले ‘सवैकुरा भन्दा नि पैसै ठूलो छ’ निर्मल गुरुङ्ग र रुकु ढुंगानाले ‘आज हाम्रो भेट भाको दिन’, प्रेम गुरुङ्गले ‘चलेछ बतास सुस्तरी’, रुकसमणि ढुंगानाले ‘चोली राम्रो पाल्पाली ढाकाको’लगायत बोलका गीतहरु प्रस्तुत गरेका थिए ।

गीतकार लामालाई नेपाली १७ लाख ९५ हजार २ रुपैयाँ नगद सहित सम्मान समेत प्रदान गरिएको कार्यक्रममा गीतकार धन लोप्चनले लामाको सम्मानमा उनका रचनाहरु वाचन गरेर सुनाएका थिए ।

करिव ३ घण्टा चलेको कार्यक्रममा नेपाली भाषी भुटानी अमेरिकन नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो । विदेशमा नेपाली गीतकारको एकल सांगीतिक कार्यक्रम आयोजना भएको र सोही कार्यक्रममा १७ लाख बढी नगद सहित सम्मान पाउने नेपाली कलाकारमा सम्भवत गीतकार लामा पहिलो व्यक्ति  हुन् ।

लामाका यसअघि काठमाडौंमा आठ पटक तथा झापामा एक पटक एकल साँझ आयोजना भएको थियो । यस अगाडि कार्यक्रमबाट उठेको रकम खर्च कटाएर बृद्धा आश्रम र बाल अनाथालयलाई प्रदान गर्दै आएका लामाले अमेरिकामा सम्मानबाट पाएको  आफ्नो जन्मथलो इलामको बौद्धधाममा पहिलो पटक म्याराथन दौड आयोजना गर्ने बताए ।

‘विदेशमा गीतकारहरुलाई बोलाएर एकल सांगीतिक कार्यक्रमको आयोजना शुरु भएको छ । यो खुसी र गर्भको कुरो हो’ लामाले भने ‘यसले म मात्र होइन, सम्पूर्ण गीतकारलाई समेत हौसला मिलेको छ ।’
करिब ४ दशकदेखि गीत लेखनमा क्रियासिल लामाका सयौं गीतहरु लोकप्रिय छन् ।

म्याराथन धावक समेत रहेका लामाको दशौं एकल साँझको आयोजक समितिमा मुक्तिराज गुरुङ्ग, निर्मला सापकोटा गुरुङ्ग, अर्जुन गुरुङ्ग, दीपा गुरुङ्ग, रत्न गुरुङ्ग र रन राई रहेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप