शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आर्थिक समृद्धि लघुवित्तले संस्थापक शेयरधनीहरुलाई चार बराबर एक कित्ता शेयर दिने

शुक्रबार, २७ असोज २०७४, १६ : ३१
शुक्रबार, २७ असोज २०७४

काठमाडौँ । आर्थिक समृद्धि लघु वित्तीय संस्थाको प्रथम साधारणसभाले  चार बराबर एक  कित्ता संस्थापक शेयरधनीहरुलाई  शेयर निष्कासन गर्ने निर्णय  छ ।

तनहुँको भानु–१ मा केन्द्रिय कार्यालय रहेको लघु वित्त संस्थाको चुक्ता पूँजी रु दुई करोड ४५ लाख रहेको छ । संस्थापक शेयरधनीहरुलाई हकप्रद शेयर  निष्कासन पश्चात  २५ प्रतिशत पूँजी बृद्धि हुने  हुने आर्थिक समृद्धि लघुवित्तका कार्यकारी अधिकृत ज्योती प्रसाद कँडेल बताए । 

साधारण सभाले संचालक समितिको संरचना ९ जना बाट घटाई ७ जना रहने गरि प्रबन्धपत्र तथा नियमावली २०७३ लाई संशोधन गर्ने निर्णय पनि गरेको छ ।

संस्थाले पश्चिमाञ्चलका १० जिल्लालाई  कार्यक्षेत्र अनुमति साथै संचालन अनुमति प्राप्त गरेको छ । साधारण सभाले मंसीर मसान्तभित्र १० शाखा संचालन गर्ने निर्णय पनि गरेको छ ।

विपन्न नागरिकहरुलाई सहज र सुलभ तरिकाले निक्षेप संकलन तथा कर्जा प्रवाह गरिने संस्थाका अध्यक्ष डाक्टर एक नारायण चापागांई बताए । चापागाई गैर आवासीय नेपाली हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप