शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जुही चावलाले जब आमिरलाई चुम्बन गर्न अस्वीकार गरिदिइन्...

बिहीबार, १६ वैशाख २०७८, १३ : ३०
बिहीबार, १६ वैशाख २०७८

बलिउडका मिस्टर परफेक्सनिस्ट आमिर खानले बलिउड इन्डष्ट्रिमा ३३ वर्ष पुरा गरेका छन् । उनको फिल्म ‘कयामत से कयामत तक’ आजकै दिन रिलिज भएको थियो । यो फिल्मलाई निकै रुचाइएको थियो । फिल्ममा आमिर र जुहीको रोमान्टिक केमिस्ट्री देख्न पाइएको थियो । तर यो कुरा धेरै कमलाई मात्रै थाहा होला कि गीत ‘अकेले है तो क्या गम है’ को सुटिङका बेला जुहीले आमिरलाई गाला र निधारमा चुम्बन गर्न अस्वीकार गरेकी थिइन् ।

डीएनएको खबर अनुसार निर्देशक मंसूर खानले यसबारे कुरा गर्दै भनेका थिए, ‘हामी अकेले है गीतको सुटिङ गरिरहेका थियौं । मैले जुहीलाई एउटा सट छ जसमा आमिर खानलाई सुरुमा पालैपालो दुईवटा गाला र त्यसपछि निधारमा चुम्बन गर्नुपर्छ भनेको थिएँ । पछि मलाई मेरा सहयोगीले जुही यो सीन गर्न अस्वीकार गरिरहेको बताए । यो सुनेर मैले सबैलाई जे जे गरिरहेका छन्, त्यो रोकिदिन र १० मिनेटका लागि यत्तिमै बस्न भनेँ । १० मिनेटपछि जुही यो सीन गर्नका लागि तयार भएको भन्ने जानकारी आएपछि हामीले पुनः सुटिङ सुरु गर्यौं ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Juhi Chawla (@iamjuhichawla)

जुही र आमिरबीच राम्रो सम्बन्धः

आमिर र जुहीको कुरा गर्नुपर्दा उनीहरुबीच निकै राम्रो सम्बन्ध थियो । हालै जुहीले एक अन्तरवार्तामा आफूहरुले धेरै फिल्ममा सँगै काम गरेको र आपसी सम्बन्ध निकै राम्र्रो भएको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘हाम्रो साथ अद्भूत थियो । हामी दुई एक अर्कासँग दोस्तीको सबै फर्मालिटिज निभाउँथ्यौं । म उनको मेकअप रुपमा जान्थे र उनको कुरा सुन्थेँ । म उनलाई एक राम्रा साथीको रुपमा मान्थेँ र उनले पनि मलाई राम्रो साथी नै सोच्दथे । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप