बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भोलिदेखि सीईडीबी हाइड्रोपावरको आईपीओ निष्कासन हुने, कसले कति पाउँछन् ?

बिहीबार, १६ वैशाख २०७८, १३ : ५२
बिहीबार, १६ वैशाख २०७८

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलि वैशाख १७ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । 

कम्पनीले प्रतिकित्ता १०० अङ्कित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो । सो मध्ये कम्पनीले २% अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५% ले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिने छ ।

यस कम्पनीको लगानी रहेको लमजुङमा ४.४० मेगावाटको राधी विद्युत् कम्पनी र ०.१८ मेगावाटको स्यागे खोला जलविद्युत् आयोजना गरी २ वटा हाइड्रोपावर परियोजना सञ्चालन भइरहेको छ । कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड, दोर्दी खोला जलविद्युत् लिमिटेड तथा खारे खोला जलविद्युत् कम्पनी लिमिटेड गरी ३ वटा आयोजनाहरु निर्माण भइरहेको छ । साथै कम्पनीको लगानी रहेको सङ्खुवासभा मकालु गाउँपालिका २ मा ४५ मेगावाटको कसुवा खोला जलविद्युत आयोजना पनि निर्माण गर्ने क्रममा रहेको छ । 

कम्पनीले सन् २००९ मा स्थापना सीईडीबी हाइड्रोपावर लिमिटेडको चालू आ.ब. मा प्रतिसेयर आम्दानी १३/५ र प्रति सेयर खुद सम्पत्ति १३८.७९ रहेको छ । कम्पनीले आ.व. २०७५÷०७६ मा १०.५४ प्रतिशत र २०७६÷०७७ मा ७.३७ प्रतिशत नगद लाभांश वितरण गर्न सफल रहेको छ भने कम्पनीले आगामी आ.व. मा पनि लाभांश प्रदान गर्नेसमेत प्रक्षेपण गरेको छ ।

साधारण सेयर बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० कायम हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार छ । साधारण सेयर बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ हुनेछ ।

कम्पनीको साधारण सेयरको निष्कासन तथा बिक्रीको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । प्रतिकित्ता १०० अंकित दरको २५,१८,२३० कित्ता साधारण सेयर मिति २०७८ वैशाख १७ गतेदेखि निष्कासन हुने हुँदा इच्छुक लगानीकर्ताले मिति २०७८ वैशाख १७ गतेदेखि सि—आश्वा सदस्य बैङ्क तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइनबाट साधारण सेयरमा लगानीका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । उक्त सीईडीबीको साधारण शेयर निष्काशन बन्द मिति छिटोमा वैशाख २१ गतेसम्म रहने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप