बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाली सेनाका अधिकृत बेलायतमा ‘टप इन्टरनेशल स्टुडेन्ट’घोषित

शनिबार, १८ वैशाख २०७८, १८ : ०२
शनिबार, १८ वैशाख २०७८

लन्डन । प्रशिक्षणका क्रममा हाल बेलायत रहेका २१ वर्षीय सेकेन्ड लेफ्टिनेन्ट पिटर थापा ‘टप इन्टरनेशनल स्टुडेन्ट’ घोषित भएका छन् । वेल्सको ब्रेकनस्थित इन्फेन्ट्री ब्याटल स्कुलमा भएको प्लाटुन कमाण्डर्स ब्याटल कोर्स (पिसिबिसी) २००३ मा उनलाई सो उपाधि हात परेको हो  । 

 तीन महिना लामो  उक्त कोर्समा आयरल्याण्ड, कोसोभो, हंगेरी, स्कटल्याण्ड र नेपालबाट सैनिक अधिकृतहरु सहभागी थिए ।

 यसअघि पनि थापाले बेलायतकै स्यान्डहर्स्टस्थित रोयल मिलिट्री एकेडेमीमा तालिमका क्रममा उत्कृष्ट क्षमता प्रदर्शन गरेबापत ‘इन्टरनेसनल सोर्ड अफ अनर’ अवार्डले सम्मानित भएका थिए। नेपाली क्याडेटले उक्त अवार्ड पाएको दुई दशकयताकै पहिलो हो ।

 ४४ हप्ता लामो उक्त प्रशिक्षणमा विश्वका विभिन्न मुलुकका ३३ क्याडेट सामेल भएका थिए । थापाले ब्रिटिस अफिसर क्याडेटलाई तालिमदिन पाउने प्लाटुन कमान्डर ‘इन्सट्रक्टर पास’ समेत पाएका छन् जुन नेपाललाई पहिलोपटक दिइएको हो । थापा कुनै पनि बेला रोयल मिलिट्री एकेडेमीस्यान्डहर्स्टस आएर ब्रिटिस क्याडेटलाई २ वर्षसम्म प्रशिक्षण दिन सक्नेछन् ।

आउँदो जुलाईमा नेपाल फर्कने तयारीमा रहेका थापाले जानुअघि बेलायतको रोयल मरिनले सञ्चालन गर्ने अल आर्मी कमाण्डोले कोर्स गर्नेछन् । धादिङ त्रिपुरा सुन्दरी नगरपालिका निवासी थापा दुई वर्ष अघिमात्र नेपाली सेनामा भर्ती भएका हुन् ।

 बेलायतमा पाएको प्रशिक्षणबाट आफ्नो क्षमता अभिवृद्धि, बेलायती सेनाको कार्यशैली र रणनीति बुझ्ने अवसर एवं विभिन्न देशका उच्च दर्जाका सैनिकहरुसंगको अन्तरक्रियाले अन्तरराष्ट्रिय सम्बन्धबारे धेरै ज्ञान हासिल गर्न पाएको बताउछन् । चुनौतिपूर्ण प्लाटुन कमाण्डिङ कोर्स गरेर ‘इन्फेन्ट्री स्किल’ देखाउन नेपाली सैनिक अधिकृतहरु विगतमा पनि सफल भएकाले यसले नेपालको छवि विश्वमा राम्रो बनेको थापाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप