शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शृङ्खलाको प्रेम ‘ओपन सिक्रेट’ !

आइतबार, १९ वैशाख २०७८, १५ : २६
आइतबार, १९ वैशाख २०७८


पूर्वमिस नेपाल शृङ्खला खतिवडा बिभिन्न कारणले चर्चामा छाइरहने गर्छिन् । समाजसेवादेखि प्रेमसम्म उनको चर्चाको विषय बन्ने गरेको छ ।

भ्लगर सिसन बानियाँसँगको उनको प्रेम मिडियादेखि सामाजिक सञ्जालसम्म नलुकेकै विषय हो । तर दुवैले सार्वजनिक रुपमा भने अहिलेसम्म प्रेम स्वीकारेको छैनन् । बेलाबेलामा रियालिटी शोमा समेत चर्चाको बिषय बन्ने उनीहरुको प्रेमलाई धेरैले ओपन–सेक्रेट भन्ने गरेका छन् । जसलाई शृङ्खलाले समेत स्वीकार गरेकी छन् ।

केही दिन अगाडि एक टेलिभिजन कार्यक्रममा अतिथिको रुपमा पुगेकी उनले सो कार्यक्रममा पनि प्रेमको विषय ओपन सेक्रेट नै राखिरहेको बताइन् ।

कार्यक्रममा उनलाई सिसनसँगको प्रेमबारे प्रश्न समेत सोधियो । जवाफ भने उनले भनिन् ‘समय आएपछि भन्छु । यो विषय अहिले ओपन सेक्रेट नै राखिरहेको छु ।’

प्रेमबिना जीवन खल्लो हुने समेत कार्यक्रममा बताएकी उनले विवाहको बारेमा भने केही बोलिनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप