बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

गर्भवती थिइन् इलियाना डिक्रुज, गराएकी थिइन् गर्भपतन ? नायिकाले बताइन् वास्तविकता

आइतबार, १९ वैशाख २०७८, १५ : ४१
आइतबार, १९ वैशाख २०७८

इलियाना डिक्रुजलाई उनको स्पष्टताका लागि चिनिन्छ । इलियाना आफ्नो फिल्मका साथै बोल्ड अन्दान र हाजिर जवाफीका लागि चर्चित छिन् । हालै उनले आफू नक्कली समाचारको शिकार भएको बताएकी थिइन् । इलियानाबारे अफवाह उडेको थियो कि उनी गर्भवती छिन् र उनले गर्भपतन गराएकी छिन् । यस्तोमा उनले सबैको अगाडि आएर यो खबर झुटो बताएकी छिन् ।

जब इलियानाको विषयमा उड्यो झुटो अफवाहः

बलिउड हंगामालाई दिएको एक अन्तर्वार्तामा इलियानालाई सोधियो – ‘यस्तो कुनै गलत समाचार छ जुन सुनेर तपाईंलाई हाँसो उठेको छ ?’ यसको जवाफमा इलियानाले भनिन्, ‘यस्ता केही खबर छन् । केही खबरका अनुसार म गर्भवती थिएँ र मैले गर्भपतन गराएकी थिएँ । मानिसहरुले यस्तो कुरा गरेको देखेर मलाई असाध्यै नराम्रो लाग्यो । यो निकै भद्दा हो ।’

इलियानाले थपिन्, ‘यस्तै अर्को खबर थियो कि मैले आत्महत्या गर्ने कोसिस मात्रै होइन, आत्महत्या नै गरेकी छु । सबैभन्दा दुःखको कुरा के हो भने मैले आत्महत्या गरेँ तर म बाँच्न सफल भएँ र यो कुरा मेरी सहयोगीले पुष्टि पनि गरिन् । न मैले आत्महत्या गरेँ, न मेरो घरमा सहयोगी छिन्, म जिउँदो छु । यो सबैको कुनै अर्थ छैन । मैले बुझ्न नसकेको कुरा के हो भने उनीहरुले यस्तो मसला कहाँबाट पाउँछन् ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप