बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ मंगलबार तपाईंको दिन

मङ्गलबार, २१ वैशाख २०७८, ०६ : १६
मङ्गलबार, २१ वैशाख २०७८

विसं २०७८ साल वैशाख २१ गते मङ्गलबार । इस्वी सन् २०२१ मार्च ०४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । वैशाख कृष्ण पक्ष । तिथि–अष्टमी, ३१ घडी ४४ पला, बेलुकी ०६ बजेर ०६ मिनेट उप्रान्त नवमी । नक्षत्र–श्रवण, १९ घडी ५२ पला, दिउँसो ०१ बजेर २१ मिनेट उप्रान्त धनिष्ठा । योग–शुक्ल, ४८ घडी ३८ पला, रातको १२ बजेर ५१ मिनेट उप्रान्त ब्रह्म । करण–बालव, बिहान ०६ बजेर ३४ मिनेट उप्रान्त कौलव, बेलुकी ०६ बजेर ०६ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–मकर । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर २४ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ३८ मिनेट । दिनमान ३३ घडी ०५ पला । भौमाष्टमीव्रत,  गोरखकालीपूजा  ।

आजको बार बेला ।  
बिहान ०५ बजेर २४ मिनेटसम्म रोग बेला ।
बिहान ५ बजेर २५ मिनेटदेखि बिहान ७ बजेर ०४ मिनेटसम्म उद्वेग बेला ।
बिहान ७ बजेर ०५ मिनेटदेखि बिहान ८ बजेर ४३ मिनेटसम्म चर बेला ।
बिहान ०८ बजेर ४४ मिनेटदेखि बिहान १० बजेर २२ मिनेटसम्म लाभ बेला ।
बिहान १० बजेर २३ मिनेटदेखि मध्यान्ह १२ बजेर ०१ मिनेटसम्म अमृत बेला ।
मध्यान्ह १२ बजेर ०३ मिनेटदेखि दिउँसो १ बजेर ४१ मिनेटसम्म काल बेला ।
दिउँसो १ बजेर ४२ मिनेटदेखि दिउँसो ३ बजेर २०  मिनेटसम्म शुभ बेला ।
दिउँसो ३ बजेर २० मिनेटदेखि बेलुकी ४ बजेर ५९ मिनेटसम्म रोग बेला ।
बेलुकी ५ बजेर ०० मिनेटदेखि बेलुकी ७ बजेर ५९ मिनेटसम्म काल बेला ।

नोटः शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
दिउँसो ०३ बजेर १९ मिनेटदेखि बेलुकी ०४ बजेर ५९ मिनेटसम्म रहनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राजनीति तथा समाज सेवामा समय दिनेहरूले राज्यबाट पद प्रतिष्ठा पाउने ग्रहयोग रहेको छ । बुवा तथा आफन्तबाट सहयोग पाइने हुनाले महत्त्वपूर्ण कामहरू समयमा नै फत्ते गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलार्ई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ ।

बृष (इ, उ, ए, ओ, वा, वी, वु, वे, वो) धर्म कर्ममा मन जाने हुनाले दिनभरजसो मन शान्त रहनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा सेवा प्रभाह गर्नेहरूलाई रिजाएर महत्त्वपूर्र्ण काम दिन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजाको आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने एकअर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) व्यापार व्यावसायमा आजको दिन लगानी नगर्नु नै राम्रो हुनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । विद्यामा सफलता पाउन मिहिनेत गर्नुपर्ला । दिदीबहिनीबाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पत्ति तथा रुपैयाँ पैसा हराउन तथा लुटिन सक्छ, ध्यान दिनुहोला । आर्थिक अपचलनको मुद्दा मामिला आइलाग्न सक्छ, काम गर्दा ध्यान दिनु जरुरी देखिन्छ । तर पनि बैङ्क तथा वित्तीय संस्थामा गरिएको लगानीबाट सन्तोषजनक नाफा हुनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) दाम्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा समृद्ध बनाउन सकिनेछ । पढाइ लेखाइमा थोरै समय दिए पनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरीरमा एक किसिमको जोस जाँगर आउनेछ । माया प्रेममा नजिकिने समय रहेको छ भने विलाशी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टू, टे) वादविवाद तथा प्रतिस्पर्धामा तपाईंको जित निश्चित हुनेछ । मुद्दा मामिलामा तथा न्यायलयबाट हुने निर्णयहरू तपाईंकै पक्षमा हुनेछन् । मायाप्रेम तथा दाम्पत्य जीवनको गाँठो झन् मजबुत भएर जानेछ । कुरा काट्नेहरू प्रशंसा गर्दै हिँड्नेछन् । पुरानो रोग निको भएर जाने तथा पुराना समस्या हल भएर जानेछ । खोजमूलक क्षेत्रमा रुचि बढ्नेछ । मावली पक्षबाट तपाईंको काममा आर्थिक सहयोग हुनेछ ।
 
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग छ भने सेयर बजार तथा सट्टाको व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्य धन लाभ हुनेछ । भौतिक सम्पत्ति तथा विलाशी वस्तुहरूको प्रयोग गर्न पाइने  हुनाले मन प्रशन्न हुनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने तथा मायामा सामीप्यता बढेर जानेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) आमा सरहका मानिससँग विवाद बढ्ने योग छ । सामान्य छातीसम्बन्धी समस्या आउन सक्छ, ख्याल गर्नुहोला । प्रतिस्पर्धीहरूले काममा अवरोध पु¥याउन सक्छन्, ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाईं आफ्नै कारणले पछि पर्नुहुनेछ । व्यापार व्यावसायमा प्रशस्त समय दिनुपर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आत्मीय साथी तथा आफन्तसँग मनमुटाव बढ्ने योग छ ।

वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाइलो यात्रा हुन सक्छ । उत्पादित उद्योगबाट फाइदा हुनेछ । माया–प्रेममा सामीप्यता बढेर जानेछ । लेखन कला तथा साहित्य जस्ता क्षेत्रमा झुकाव बढ्नेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) आफन्त तथा सहयोगीको साथ पाइने  हुनाले जस्तोसुकै परिस्थितिको पनि सामना गर्न सहज वातावरण बनेर जानेछ । पढाइलेखाइमा थोरै समय दिँदा पनि नतिजा आफ्नै पोल्टामा पार्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागि लामो समयसँगै बसेर भलाकुसारी गर्ने अवसर प्राप्त हुनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।
 
मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) सामाजिक काम समयमा गर्न सकिने हुँदा मानसम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । रोकिएर बसेका काम सजिलै सम्पादन गर्न सकिनेछ भने आर्थिक रूपमा सुदृढ हुने समय छ । विद्यार्थीहरूले आफ्नो प्रतिस्पर्धीलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । सुन्दर तथा विलाशी वस्तुको प्रयोगमार्फत अरूको मन आफूतिर खिच्न सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) आफन्त तथा परिवारकै सदस्यहरूबाट सहयोग नपाइने हुँदा काम थाती छन् । व्यापारमा लगानी गर्ने समय नरहेकाले केही समय पर्ख र हेरको रणनीति अपनाउनुहोला । माया प्रेममा अरूकै नकारात्मक टीका टिप्पणीले मनमुटाव बढ्ने योग छ भने पतिपत्नीबीच अविश्वास बढ्ने योग छ । खानपानमा ध्यान दिनुहोला, समान्य स्वास्थ्यसम्बन्धी समस्या आउनेछ । लामो दूरीको विदेश यात्राको तय हुनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) 
दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्राकृतिक स्रोत तथा पैत्रिक सम्पत्तिको प्रयोग गरी मनग्य धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा अरूभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित काममा विशेष रुचि बढ्नेछ । तर पनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ ।

तपाईंको दिन शुभ रहोस् ।
युवा ज्योतिषी डीपी भण्डारी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप