शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्पेस स्टेशनमा वैज्ञानिकहरुले उमार्दैछन् तोरी

मङ्गलबार, २१ वैशाख २०७८, १८ : ३०
मङ्गलबार, २१ वैशाख २०७८

विश्वका धेरै मानिस अन्तरिक्षमा पुग्ने सपना देख्छन् । कसैलाई मंगल ग्रह त कसैलाई चन्द्रमाको यात्रा गर्ने रहर होला । मंगल ग्रह र चन्द्रमामा जीवन सम्भव छ या छैन भन्ने विषयमा धेरै अध्ययन चलिरहेका छन् । 

यसैबीच इन्टरनेशनल स्पेस स्टेशन अर्थात (आईएसएस) मा रहेका एस्ट्रोनट्स्हरुका लागि ताजा तरकारी पठाइएको छ । यसमा यसमा चिनियाँ साग पाक चोई पनि समावेश छ । 

पाक चोई साग निकै स्वादिस्ट र पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । स्पेन स्टेशनमा एस्ट्रोनट्सहरुले गार्लिक पेस्ट र सस मिसाएर यसको मज्जा लिइरहेका छन्, त्यसको फोटो नासाले शेयर गरेको छ । 

यसरी अन्तरिक्ष पु-याइएको तरकारीमध्ये केही तरकारी अन्तरिक्ष स्टेशनमा पनि उमार्ने योजना छ । स्पेस स्टेशनमा साग उमार्ने यस नौलो प्रयोगलाई Veg-03K र Veg-03L  नाम दिइएको छ । यस प्रयोगअन्तर्गत तोरी र पाक चोई उमारिनेछ । हप्किन्सले दुबै तरकारीलाई १३ अप्रिलमा स्पेस स्टेशनमा पहिलोपटक लगाएका थिए ।  यो तरकारी ६४ दिनसम्म हुर्कने अपेक्षा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप