शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राजस्व छलेर ल्याइएको १३ लाख रुपैयाँ बराबरको सुर्ती बरामद

मङ्गलबार, २१ वैशाख २०७८, २० : २३
मङ्गलबार, २१ वैशाख २०७८

लकडाउनको समयमा वीरेन्द्रनगरमा राजस्व छली तथा अवैध कारोबारका घटना बढेका छन् । 

मंगलबार मात्र ठूलो परिमाणमा अवैध रुपमा भित्र्याइएको सुर्ती प्रहरीले बरामद गरेको छ । आन्तरिक राजस्व कार्यालयको स्टीकर नटाँसिएको झण्डै १३ लाख ६६ हजार रुपैयाँ बराबरको अवैध सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको हो ।

बुटवलको न्यू पश्चिमाञ्चल टेडर्सबाट कर छली गरी महादेव स्टोर सुर्खेतले लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा सुब्बाकुना प्रहरीको टोलीले नियमित चेकजाँच गर्ने क्रममा उक्त अवैध सुर्ती बरामद गरेको हो । ना४ख ७६५३ नम्बरको ट्रकमा ल्याउँदै गरेको अवस्थामा सुर्ती फेला परेको प्रहरीको भनाइ छ ।

बरामद २६ सय पोका अवैध सुर्तीजन्य पदार्थ र गाडीलाई आवश्यक कारबाहीका लागि राजस्व कार्यालयमा पठाउने प्रहरीको भनाइ छ ।

केहीदिन अघि पनि कर छली गरेर ल्याइएको २५ बोरा सुर्तीसहितको गाडी प्रहरीले नियन्त्रणमा लिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप