शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजको राशिफल : कुन राशिका लागि आजको दिन शुभ ?

बुधबार, २२ वैशाख २०७८, ०६ : १८
बुधबार, २२ वैशाख २०७८

विसं २०७८ साल वैशाख २२ गते बुधबार । इस्वी सन् २०२१ मार्च ०५ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । वैशाख कृष्ण पक्ष । तिथि–नवमी, ३० घडी २० पला, बेलुकी ०५ बजेर ३२ मिनेट उप्रान्त दशमी । नक्षत्र–धनिष्ठा, २० घडी ०१ पला, दिउँसो ०१ बजेर २४ मिनेट उप्रान्त शतभिषा । योग–ब्रह्म, ४५ घडी १० पला, बेलुकी ११ बजेर २८ मिनेट उप्रान्त ऐन्द्र । करण–तैतिल, बिहान ०५ बजेर ४५ मिनेट उप्रान्त गर, बेलुकी ०५ बजेर ३२ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–कुम्भ । 

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर २३ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ३९ मिनेट । दिनमान ३३ घडी ०८ पला ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) माया प्रेममा थप प्रगाढता बढेर जानेछ भने दाम्पत्य जीवन खुशी रहनेछ । पढाइलखाइमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरु जनमानसमा लैजान सकिनेछ । तर पनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ । 

बृष (इ, उ, ए, ओ, वा, वी, वु, वे, वो) आउने अवसरलाई सही रूपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नोकरीमा बढोत्तरी हुने योग छ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् । खोज तथा अनुसन्धानको क्षेत्रमा लगानी गर्नेहरु सफल रूपमा स्थापित हुनेछन् । गीत सङ्गीतमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय छ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) खोज तथा अनुसन्धानमा सकारात्मक नतिजा हात लगाउन सकिने हुनाले शरीरका थप ऊर्जा पैदा हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईंको वर्चस्व कायम रहेनेछ । प्रणय सम्बन्धमा आत्मीयताको विकास हुनेछ भने घर परिवारमा सबैसँग सौहार्दपूर्ण सम्बन्ध स्थापना गर्न सकिनेछ । धर्मकर्ममा समय दिन सकिने हुनाले मन शान्त रहनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) हतार गर्ने बानीले अनावश्यक विवादमा फस्ने योग छ । पढाइलेखाइमा अरूभन्दा पछि परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला, काममा बाधा तथा दुःख दिनेहरु सक्रिय हुनेछन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान लिनुहोला । व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मेहम्मे पर्नेछ । आफ्ना कमजोरी भरसक लुकाउने प्रयास गर्नुहोला, अरूले आलोचना गर्न सक्छन् ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) पति पत्नीका साथ रमाइलो गर्दै दिन व्यातित गर्न सकिनेछ । सवारी साधन तथा भौतिक सम्पत्ति जोड्ने योग छ । पढाइ लेखाइमा अरूभन्दा अगाडि तपाईंको नाम आउँदा मन प्रसन्न रहनेछ । माया प्रेमको गाँठो मजबुत भएर जानेछ भने दाम्पत्य जीवनमा थप खुसीयाली छाउनेछ । आफन्तका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
 
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
आफन्त तथा मावली पक्षको सहयोग पाइने हुनाले कामहरु गर्न शरीरमा ऊर्जा पैदा हुनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । अदालती निर्णयहरु तपाईंकै पक्षमा आउने भएको हुनाले न्याय पाएको अनुभूति हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछ । बैङ्क तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो लाभ लिन सकिनेछ । सेयर बजार तथा सट्टाको व्यावसायमा विशेष लाभ लिन सकिनेछ । माया प्रेममा एकअर्कालाई विश्वास गर्नाले सम्बन्ध सुदृढ हुनेछ । भौतिक सम्पत्ति तथा विलाशी वस्तुको उपयोगमार्फत मनग्य धन सङ्ग्रह गर्न सकिनेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) घरजग्गा तथा सवारी साधनको खरिद बिक्री गर्दा ध्यान दिनुहोला, घाटा लाग्न सक्छ । विद्यामा सन्तोषजनक प्रगति भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टाएर जानेछ । आमासरहका मानिससँग मनमुटाव बढ्नेछ । विश्वास गरेकाहरुबाट धोका हुनसक्छ, सजग रहनुहोला । बाहिरी वातावरणसँग जुध्न नसक्दा छातीसम्बन्धी समस्या आउन सक्छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउनेछ भने प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । विद्यामा तपाईंको नाम अग्र स्थानमा आउने तथा अन्य क्रियाकलापमा पनि सहभागी भई प्रतिस्पर्धीहरुलार्ई हराउन सकिनेछ । माया प्रेममा नजिकिने समय रहेको छ भने पतिपत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । खेलकुद तथा यस्तै पराक्रमी क्रियाकलापमा भाग लिन सकिनेछ ।
 
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
बोलीको प्रभाव बढ्ने हुनाले महत्त्वपूर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पतिपत्नी तथा मायाप्रेममा सामीप्यता बढेर जानेछ । कुटुम्बबाट तपाईंले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा सफलता हात लाग्ने योग छ ।

कुम्भ (गु, गे, गो, सा, सी, सू, से, सो, दा) राजनीति तथा समाज सेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घरपरिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ । पारिवारिक माहोलमा मिष्ठान्न भोजनमा साथ रमाइलो गरी समय कटाउन सकिनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।
 
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मेहम्मे पर्नेछ । आफ्ना कमजोरीहरु भरसक लुकाउने प्रयास गर्नुहोला अरूले आलोचना गर्न सक्छन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनुहोला । पढाइलेखाइमा अरूभन्दा पछिपरेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुःख दिनेहरु सक्रिय हुनेछन् । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम छ ।

तपाईंको दिन शुभ रहोस् ।
युवा ज्योतिषी डीपी भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप