फेरि सडकमै खाना...
कोरोनाभाइरसको दोस्रो लहर सुरु भएसँगै यतिबेला काठमाडौँ उपत्यकाका तीनै जिल्लासहित देशका विभिन्न भागमा निषेधाज्ञा जारी छ । निषेधाज्ञाको ठूलो मारमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर तथा निमुखावर्ग परेका छन् । यसअघि नेपालमा पहिलो पटक लकडाउन लगाउँदा पनि उनीहरु नै सबैभन्दा बढी प्रभावित बनेका थिए । आम्दानीको स्रोत नै गुमेपछि उनीहरुलाई दुई छाकको जोहो गर्नु नै धौधौ परेको थियो । अहिले ठिक त्यही अवस्था दोहोरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोही पनि जनता भोकभोकै मर्नु नदिन सरकार संवेदनशील रहेको पटक–पटक दोहोर्याउँदै आए पनि यसरी रोजिरोटी नै गुमेकाहरूका लागि सरकारले अहिलेसम्म पनि केही गरेको पाइँदैन । प्रधानमन्त्रीको दाबी पछिल्लोपटक जस्तै यो पटक पनि गफमै सिमित बनेको छ । बरु, मनकारी संघसंस्थाहरूले बिहान बेलुका उनीहरुको खानाको व्यवस्था गरिरहेका छन् । यतिबेला १०० ग्रुपले टंकेश्वर क्षेत्रमा हरेक दिन मजदूरहरुका लागि खाना बाँड्ने गरेको छ । हेरौँ तस्विर :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा