शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आजको सेयर बजारमा चम्किए जलविद्युत कम्पनी

बुधबार, २२ वैशाख २०७८, १७ : २७
बुधबार, २२ वैशाख २०७८

काठमाडौं । बुधबार (बैशाख २२) नेप्से परिसूचक ५.०९ अंकले घटेर २६४९.६० विन्दुमा आइपुगेको छ । आज ६ अर्ब २१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १ करोड ४८ लाख ६७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको हो  । आज ४ समूहको सूचक वृद्धि भएको छ भने बाँकी समुहको सूचक घटेको छ । 

दुईवटा कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेको छ भने  १४ कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथिले बढेको छ । सेयर मूल्य १० प्रतिशतले बृद्धि हुने कम्पनीमा रैर्याङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेको छ । 
खरिदबिक्री रकममा २३ करोड ६९ लाख रुपैयाँभन्दा बढी सहित प्रभु इन्स्योरेन्सको संस्थापक सेयर सबैभन्दा बढीको कारोबार भएको छ । दोस्रो र तेस्रोमा एनआइसी एसिया लघुवित्त र एनसीसी बैंक रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप