बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सहयोगी मनलाई सम्मान

बिहीबार, २३ वैशाख २०७८, १३ : २२
बिहीबार, २३ वैशाख २०७८

विगत डेढ दशक अघिदेखि वैदेशिक रोजगारीका सिलसिलामा जापानमा रहेर आफ्नो कमाईको केही हिस्सा सामाजिक क्षेत्रमा लगाउँदै आएका गुल्मीका एक व्यक्तिलाई हालै उनी घर आएका बेला गाउँवासीले भव्य स्वागत र सम्मान गरेका छन् ।

जिल्लाको मुसिकोट नगरपालिका–५, ईन्दै्रगौडा बराह क्षेत्र घर भएका चेतन अर्याल र उनकी पत्नी ईन्दिरा अर्याललाई गाउँवासीले स्वागत तथा सम्मान गरेका हुन् ।

आर्थिक अभावका कारण उपचार नपाएका मानिसहरुलाई उपचार खर्चका लागि सहयोग गर्ने र आर्थिक सहयोग जुटाउन पहल गर्दै आएका अर्यालले जिल्लामा प्राकृतिक विपतको समयमा पनि ठुलो आर्थिक सहयोग जुटाउँदै आएका छन् ।

केही वर्ष अघि दजाकोट गाउँमा आगलागी हुँदा उनले लाखौं सहयोग जुटाएका थिए । हालै घर आएका उनले बराह क्षेत्र मन्दिरको आवासगृह निर्माणका लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ  सहयोग गरेका छन् ।

वैदेशिक रोजगारीका क्रममा केही वर्षसम्म मजदूरी गरेपछि अहिले उनले जापान र काठमाडौंमा समेत आफ्नै रेष्टुरेन्ट सञ्चालन गर्दै आएका छन् ।

उनीमात्र होइन, मुसिकोट नगरपालिका अन्तर्गत आँपचौर, कुर्घा, वामी र अर्लाङकोटका कयौं युवा जापान, कोरिया, युरोप र अमेरिकामा छन् । उनीहरुले विश्व सम्पर्क मञ्च गठन गरेर जिल्लाको शिक्षा, स्वास्थ्य क्षेत्रको विकास र विपतमा परेका मानिसहरुको उद्धारमा उल्लेखनीय भूमिका निभाउँदै आएका छन् ।

मुसिकोट नगरपालिकाबाट वैदेशिक रोजगारमा पुगेका दाजुभाइ, दिदीबहिनीहरुले नगरको विकासमा ठुलो योगदान गरेको भन्दै मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले सहयोगी मनलाई सम्मान गर्न पाउँदा आफूहरुलाई खुशी लागेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप