शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शनिबारको राशिफल तपाईंको लागि कति शुभ ?

शनिबार, २५ वैशाख २०७८, ०६ : १४
शनिबार, २५ वैशाख २०७८

विसं २०७८ साल वैशाख २५ गते शनिबार । इस्वी सन् २०२१ मार्च ०८ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । वैशाख कृष्ण पक्ष । तिथि–द्वादशी, ३३ घडी ३८ पला, बेलुकी ०६ बजेर ४९ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–उत्तरभाद्रपदा, २७ घडी ४७ पला, बेलुकी ०४ बजेर २८ मिनेट उप्रान्त रेवती । योग–विष्कुम्भ, ४० घडी ४४ पला, बेलुकी ०९ बजेर ३९ मिनेट उप्रान्त प्रिती । करण– कौलव, बिहान ०६ बजेर १७ मिनेट उप्रान्त तैतिल, बेलुकी ०६ बजेर ४९ मिनेट उप्रान्त गर । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–मीन । 

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर २१ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ४० मिनेट । दिनमान ३३ घडी १८ पला । रेडक्रस दिवस ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विदेशमा श्रम गर्नेहरूले मनग्य धन तथा सम्पत्ति जोड्न सक्नेछन् । अध्ययनमा मन सुधार हँुदै जानेछ भने आफन्त सहयोगले शरीरमा थप ऊर्जा बढ्नेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम छ । परिवारका साथ घरमै बसी समय व्यातित गर्न सकिनेछ । तर पनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) 
प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पति परिचालन गरी मनग्य आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने बैङ्किङ क्षेत्रको लगानी फस्टाएर जानेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ । दाजुभाइ तथा आफन्तबाट काममा सहयोग हुने हुनाले लगानी बढाउन सकिनेछ । सवारी साधन प्राप्तिको योगलाई नकार्न सकिँदैन ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) 
गीत सङ्गीत क्षेत्रमा रुचि बढ्ने हुँदा केही समय रमाइलोतिर पनि समय खर्च हुनेछ । समयको गतिसँगै अगाडि बढ्न सकिने हुनाले आर्थिक रूपमा सम्पन्न हुन सकिनेछ । पढाइ लेखाइमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । मातापिताको सहयोगले राम्रो काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) 
सुरु गरिएका सामाजिक काम समयमा नै सम्पन्न हुनाले मान सम्मानमा वृद्धि भएर जानेछ । विशिष्ट व्याक्तिहरूलाई आफ्नो बसमा ल्याएर काम लिन सकिनेछ । समयले साथ दिने हुँदा पढाइलेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुसन्धानमा समय लगानी गर्नेहरूले सकारात्मक नतिजा हासिल गर्न सक्नेछन् भने माया प्रेममा सामीप्यता बढेर जानेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । मन परेको मानिसबाट भौतिक सम्पत्ति तथा उपाहार प्राप्त हुनेछ । अग्रज तथा दिदीबहिनीबाट तपाईंको हरेक काममा सहयोग प्राप्त हुनेछ ।  खोजमूलक क्षेत्रमा समय लगानी गर्नेहरूका लागि समय उत्तम छ । नीति नियम तथा कानुनको जगेर्ना गर्ने काममा तथा पद्धतिको खिलाप लाग्नेविरुद्ध आवाज बुलन्द गर्नुपर्ने हुन सक्छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखी रहनेछ । विभिन्न भौतिक वस्तु तथा विलाशी सामानको प्रयोगमार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अग्र स्थानमा तपाईंको नाम आउनेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा हात पार्न सकिनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) 
नोकरीमा प्रतिस्पर्धीहरूलार्ई हराउँदै अगाडि बढ्न सकिनेछ भने सत्रुता राख्नेहरू आफै साइड लाग्नेछन् । विवादित निर्णयहरू तपाईंकै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा आउने हुँदा घरपरिवार तथा आफन्तहरू खुसी हुनेछन् । पुराना स्वास्थ्यसम्बन्धी समस्या हल भएर जानेछन् भने सङ्कटबाट मुक्ति मिल्ने समय छ । मायाप्रेममा रमाउन चाहनेहरूले नयाँ ठाउँको भ्रमण गरी रमाउने योग छ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) 
बौद्धिकताको लडाइँमा तपाईंकै नाम उच्च स्थानमा आउने हुनाले मन प्रसन्न हुनेछ । सेयर बजारमा गरिएको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनाले दैनिकी सहज हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजाको अपेक्षा गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पत्ति लाभ हुनेछ भने उपाहार पाइने तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
समयमा काम गर्न सकिने तथा जनताको काम समयमा सम्पन्न हुने हुँदा सामाजिक पद प्रतिष्ठा पाइने योग छ । अध्ययन अध्यापनमा समय दिएअनुसार राम्रो नतिजाको अपेक्षा गर्न सकिनेछ । आमा वा अग्रजको सुझावलाई मनन गर्दै अगाडि बढ्दा गन्तव्य पहिल्याउन सहज हुनेछ । घरजग्गा तथा सवारी साधनको खरिद बिक्रीबाट मनग्य धन लाभ हुनेछ भने माया प्रेममा सामीप्यता बढेर जाने योग छ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) 
सहासिलो काम गर्ने जोसजाँगर आउनेछ भने खेलकुद तथा यस्तै गतिविधिमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा परिणाममुखी उपलब्धि हासिल गर्न सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने पतिपत्नीबीच मायाको गाँठो कसिलो भएर जानेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)
बोलीको प्रभाव बढ्ने हुँदा बोलीकै भरमा काम हुनेछन् । कार्यक्षेत्रमा तपाईंको निर्णयको उच्च कदर हुनेछ । आफन्त तथा परिवारका सदस्यहरू तपाईंको कामदेखि खुसी हुनेछन् । पारिवारिक माहोलमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ ।  माया प्रेममा सामीप्यता बढेर जानेछ ।  

मीन (दी, दु, थ, झ, ञ, दे, दो, चा, ची)
शुभचिन्तकको सहयोगले चिताएको काम सम्पादन हुनेछन् । पढाइ लेखाइमा मनजाने हुनाले चाहेजस्तो नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाज सेवामा समय दिनेहरूले जनताको पक्षमा काम गर्न सक्दा मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने विलाशी वस्तुको प्रयोगमार्फत अरूको मन आफूतिर तान्न सकिनेछ ।

तपाईंको दिन शुभ रहोस् ।
युवा ज्योतिषी डीपी भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप