शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

घरको छतबाट खसेर बाग्लुङमा १ जनाको मृत्यु

आइतबार, २६ वैशाख २०७८, १२ : १६
आइतबार, २६ वैशाख २०७८

गुल्मी । बागलुङमा घरको छतबाट खसेर १ जनाको मृत्यु भएको छ । जिल्लाको खर्बाङमा घरको छतबाट खस्दा आइतबार एक जनाको ज्यान गएको हो । छतबाट खसेर बडिगाड गाउँपालिका २, दनिया निवासी ३९ वर्षीय रन बहादुर रानाको मृत्यु भएको हो ।

छिमेकी दीपु केसीको घरमा वायरिङ गर्ने क्रममा खस्दा गम्भिर घाइते भएका रानाको उपचारको लागि हेलिकप्टरमार्फत पोखरा पठाउने तयारी भैरहेका बेला ज्यान गएको हो ।​ गिरिङ्दी खोला लघु जलविद्युत परियोजनामा अपरेटरको रुपमा काम गर्दै आएका रानाका श्रीमतीसहित २ छोरा र १ छोरी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप