बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बायर्नलाई लगातार नवौँ बुन्डेसलिगा उपाधि

आइतबार, २६ वैशाख २०७८, १३ : ४६
आइतबार, २६ वैशाख २०७८

बायर्न म्युनिखले लगातार नवौं पटक जर्मन बुन्डेसलिगा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार दोस्रो स्थानको आरबी लेइपजिगलाई चौथो स्थानको बोरुसिया डर्टमुन्डले ३–२ ले हराएपछि बायर्न​को उपाधि सुनिश्चित भएको थियो । 

त्यसको छोटो अन्तरमै घरेलु मैदानमा भएको खेलमा बार्यनले बोरुसिया मोन्चेनग्लाडवाचलाई ६–० को विशाल अन्तरले हरायो । बायर्न​बाट  रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे भने थोमस मुलर, किङ्ग्स्ले कोम्यान र लेराई सानेले थप एक–एक गोल गरे ।

७५ औं मिनेटमा तान्गाई नियान्झोउले रातो कार्ड खानुअघि नै बार्यनले ५–० को अग्रता बनाइसकेको थियो । १० खेलाडीमा सिमित बायर्न​बाट ८५ औं मिनेटमा सानेले छैटौं गोल गरे ।

लिगमा अन्तिम दुई खेल सकिन बाँकी छँदा बार्यनले ७४ अंक बनाएको छ भने डर्टमुन्डसँग पराजित भएको दोस्रो स्थानको लेइपिगको   ६४ अंक छ । बायर्न​का रोबर्ट लेवान्डोस्कीले जारी लिगमा ३९ गोल गरिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप