शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दाङमा श्रीमतीको हत्या गर्ने पुरुष प्रहरीको नियन्त्रणमा

आइतबार, २६ वैशाख २०७८, १८ : १५
आइतबार, २६ वैशाख २०७८

बुटवल । दाङमा एक व्यक्तिले घरेलु हतियार प्रयोग गरि श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय  दाडका अनुसार जिल्लाको गढवा गाउँपालिका वडा नं. २ महादेवा निवासी ३७ वर्षीय धनीराम चौधरीले ३८ वर्षीय श्रीमती शिला चौधरीको  हत्या गरेका हुन् ।

घरायसी विवादले उग्ररूप लिएपछि श्रीमानले घाँटीमा प्रहार गर्दा श्रीमती गम्भीर घाइते भएकी थिइन् । उनको लमही अस्पतालमा उपचारको क्रममा निधन भएको जनाएको छ । हत्या धनिरामलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानको प्रकृया अगाडि बढाएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप