शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘स्कुटर अफ द इयर’ अवार्ड ‘यामाहा रे जेडआर १२५ एफआई’ लाई

आइतबार, २६ वैशाख २०७८, २० : १८
आइतबार, २६ वैशाख २०७८

काठमाडौं । टु–ह्वील ब्रान्ड यामाहाले भर्खरै बाइक इन्डिया अवार्डमा ‘स्कुटर अफ द इयर २०२१’ हासिल गरेको छ । ‘फ्युल इन्जेक्ट’ (एफआई) प्रविधिको ‘पायोनियर’ यामाहाले गत वर्ष सेप्टेम्बरमा नेपालमा यामाहा रे जेडआर १२५ एफआई सार्वजनिक गरेको थियो । 

यामाहा रेजेडआर १२५एफआई ‘फास्टेस्ड पिकअप’भएको स्कुटर हो । यसले मात्र ७.५९ सेकेन्डमा शुन्य देखि ६० किलोमिटर प्रतिघन्टाको गति लिन सक्छ भने यसको माइलेज सेग्मेन्टमै सबैभन्दा बढी ५८ किलोमिटर प्रतिघण्टा रहेको छ । यसका साथै यसमा ‘स्टप एन्ट स्टार्ट सिस्टम’, ‘साइड स्ट्यान्ड इन्जिन कटअफ स्विच’ जस्ता एक्सक्ल्युसिभ फिचरहरु छन् । साथै यसको कर्बवेट ९९ किलोग्राम मात्र रहेको छ र यसमा एफआई प्रविधि र बीएस ६ इन्जिन रहेको छ । 

रेजेडआर १२५ एफआईमा ‘वाई’ आकारको एलईडी लाइट, नयाँ ‘डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर’, ‘क्वायट स्टार्ट अप’ का लागि स्मार्ट मोटर जेनेरेटर र ‘युनिफाइड ब्रेकिङ सिस्टम’ रहेको छ । 

भारत विश्वकै सबैभन्दा ठूलो टु–ह्वीलर बजार हो । भारतकै सबैभन्दा प्रतिष्ठित अवार्ड जितेर यामाहा रेजेडआर १२५ एफआईले आफूलाई विश्वकै सर्वोत्कृष्ट स्कुटर भएको सावित गरेको छ । यो अवार्डले भारतमा यो स्कुटरलाई भारतमा निकै रुचाइएको सन्देश पनि दिएको छ । नेपालमा पनि यामाहा रेजेडआर १२५ एफआईलाई ग्राहकले निकै रुचाएका छन् । 

एमएडब्लु–यामाहाका सीईओ चिरञ्जीवी शाहले भने, ‘यामाहा रेजेड आरले भारतकै प्रतिष्ठित अवार्ड जितेकोमा हामी निकै खुशी छौं । स्कुटर अफ द इयर अवार्डले यसलाई अन्तर्राष्ट्रिय सम्मान दिलाएको छ । हामी यसमा गौरवान्वित छौं ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप