शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा गोली चल्दा नेपाली विद्यार्थीको मृत्यु

सोमबार, २७ वैशाख २०७८, १० : ००
सोमबार, २७ वैशाख २०७८

अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरमा शनिबार बिहान भएको गोली काण्डमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुने संखुवासभा घर भएका नेपाली विद्यार्थी सागर घिमिरे छन् । उनी छात्रवृत्तिमा अध्ययन गर्न अमेरिका आएका थिए ।

अर्का नेपाली सर्लाहीका श्याम अधिकारीलाई पनि गोली लागेको छ । उनको अस्पतालमा उपचार भइरहेको छ । उद्दण्ड व्यक्तिले चलाएको गोली लागेर चारजनाको मृत्यु भएको छ ।

मृतक घिमिरे साउथ क्यारोलाइनाबाट स्नातक सकेर दुई–तीन महिना बाल्टिमोरमै काम गरेर खर्च जुटाई नेपाल फर्कने तयारीमा थिए । उनी ८÷१० दिन मात्र अगाडि स्नातक तहमा दीक्षान्त समारोह सकेर बाल्टिमोर आएका थिए ।

बाल्टिमोरको उपनगर क्षेत्र वुडलनमा बिहानै करिव ६ः३० मा गोलीकाण्ड भएको हो । बन्दुकधारी ५६ बर्षीय एभर्टनको पनि प्रहरीको गोली लागी मृत्यु भएको छ ।

बन्दुकधारीहरुले गरेको आगजनीबाट एक नेपालीको घर पुरै ध्वस्त भएको छ । बन्दुकधारीहरुले अन्य नेपालीहरुलाई पनि खेदेको र उनीहरुले भागेर ज्यान बचाएका छन् । प्रहरीको गोली लागी मृत्यु भएका ब्राउनले छरछिमेकलाई बर्षौंदेखि धम्की दिने र सडकमा मानिस हिँड्दा गाली गर्ने गरेका थिए ।

गोली लागि निधन भएका घिमिरे बाल्टिमोर क्षेत्रमै बसोबास गर्दै आएका पूर्वेली मौलिक नेपाली भाकाका अनुसन्धानकर्ता तथा वरिष्ठ लोक गायक नविनकुमार खड्काका आफन्त हुन् । अहिलेसम्म बाल्टिमोर काउन्टी प्रहरीले घिमिरेको शव आफन्तलाई दिएको छैन ।

घाइते श्याम अधिकारीलाई महावाणिज्य दूत प्रेमराजा महतले भेट गरेका छन् । राजदूत डा. युवराज खतिवडा पनि घाइतको नियमित सम्पर्कमा रहेको प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप