जर्मनीका ज्वेरेवलाई म्याड्रिड ओपन टेनिसको उपाधि
सोमबार, २७ वैशाख २०७८, १६ : ५४
एजेन्सी । जर्मनीका अलेक्जेन्डर ज्वेरेवले म्याड्रिड ओपन २०२१ टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । फाइनलमा मातियो बैरेतिनीलाई हराएर उनले उपाधि जितेका हुन् ।
फाइनलमा ज्वेरेवले ६–७, ६–४ र ६–३ को जित निकाले । ज्वेरेवले म्याड्रिड ओपनको उपाधि जितेको यो पहिलोपटक हो । फाइनलमा स्थान बनाउने क्रममा उनले यसअघि राफेल नाडाल र डोमिनिक थिएमलाई हराएका थिए ।
ज्वेरेवले अहिलेसम्म म्याड्रिडमा खेलेका १७ खेलमध्ये २६ खेल जितेका छन् भने दुई खेलमात्रै गुमाएका छन् । १९९५ मा जन्मिएका ज्वेरेवले अहिलेसम्म १५ वटा एटिपी टुर उपाधि जितिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै