शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना संक्रमण रोकथामका लागि एपीएफ अस्पताललाई नाडाको सहयोग

सोमबार, २७ वैशाख २०७८, १९ : ३६
सोमबार, २७ वैशाख २०७८

काठमाडौं । कोरोना संक्रमण रोकथामका लागि नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नेपाल ए.पी.एफ. अस्पताललाई सहयोग गरेको छ ।

नाडाले कोरोना संक्रमण नियन्त्रणका लागि अत्यावश्यक स्लीपर ५० सेट, थर्मोसल व्वाइलेट ५० सेट, बेड सिट ५० वटा, टावेल ५० वटा र मास्क ५ हजार वटा समेत गरी कूल ५ थरिका मेडिकेटेड सामानहरु कोरोना नियन्त्रणका लागि उल्लेखनीय भूमिका निर्वाह गर्दे आएको त्यस नेपाल ए.पी.एफ अस्पताललाई हस्तान्तरण गरेको हो ।

उक्त सामान ए.पी.एफ.को कोभिड—१९ युनिफाइड अस्पतालका प्रा.स प्र उपरिक्षक डा. मिना कुँवरलाई नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले हस्तान्तरण गरे । ती सामानहरु हस्तान्तरण गर्ने क्रममा अध्यक्ष दुलालले नाडाको तर्फबाट सक्दो थप सहयोग समेत गरिँदै जाने बताए ।

सो कार्यक्रममा डा. मिना कुँवरले यस्तो बन्दाबन्दीको अवस्थामा पनि यसरी सहयोग पु¥याई दिएकोमा नाडालाई धन्यवाद दिँदै सहयोग स्वरप प्राप्त यी मेडिकेटेड सामानहरु यस अस्पतालमा आउनु भएका विपन्न परिवारका सदस्यहरुलाई वितरण गरिने समेत बताए ।

त्यस हस्तान्तरण कार्यक्रममा सो अस्पतालका तर्फबाट प्रा.स.प्र उपरिक्षक तथा प्रवक्ता डा.प्रविन नेपाल, नर्सिङ मेट्रोन प्रा.स.प्र नायव उपरिक्षक लक्ष्मी अधिकारी समेतको उपस्थिति रहेको थियो । त्यसैगरी सो कार्यक्रममा नाडाका तर्फबाट महासचिव सुनिल रिजाल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्य समिति सदस्य मिलन बाबु मल्ल तथा नाडाका लेखा प्रमुख विष्णुकुमार श्रेष्ठ समेतको उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप