शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कहाँ हरायो रोनाल्डोको जादु ?

मङ्गलबार, २८ वैशाख २०७८, ०९ : ३३
मङ्गलबार, २८ वैशाख २०७८

आइतबार युभेन्टस् इटालियन सिरिजमा एसी मिलानसँग ३–० ले पराजित भयो । 

र, यस खेलसँगै रोनाल्डो पनि आलोचनाको शिकार भएका छन् । 
पछिल्ला ९ सिजन सिरिए उपाधि जितेको युभेन्टस् यस सिजन च्याम्पियन्स लिगमा छनोट हुने समेत टुंगो छैन र मिलानविरुद्धको खेल हेर्दा यो टोली शीर्ष चारमा पर्न सक्षम छ भन्ने पनि देखिएन । 

‘न सामर्थ्य, न खेल, न पहिचान,’ इटलीको स्थानीय पत्रिका ला गाजेट्टा डेल्लो स्पोर्टस्ले खेलपछि लेखेको छ । यस पत्रिकाले रोनाल्डोको पनि आलोचना गरेको छ । रोनाल्डोले मिलानविरुद्धको खेल पहिलो हाफमा विपक्षीको डिबक्सभित्र एकपटक पनि बल छुन सकेनन् । 

कुनै सट निशानामा लागेन 
दोस्रो हाफमा रोनाल्डोले बल्लतल्ल दुई सट प्रहार गरे । तर कुनै पनि टार्गेटमा थिएनन् । ‘अल्भारो मोटारा आफुसँगै भएपनि उनी स्पेस खोज्दै वरपर भौतारिए,’ डेल्लो स्पोर्टस्ले थपेको छ । 

अनिश्चित भविष्य 
रोनाल्डोको भविष्य अनिश्चित छ । उनीबारे पछिल्ला समय निकै टिकाटिप्पणी भइरहेको छ । जुन २०२२ सम्म युभेन्टस्सँग उनको सम्झौता छ । यद्यपी उनले क्लब छाड्नसक्ने चर्चा चलिरहेको छ । उनी म्यानचेस्टर युनाइटेड फर्कने हल्ला पनि छ । रोनाल्डोका एजेन्ट जर्ज मेन्डिसले यसअघि म्यानचेस्टर युनाइटेडका प्रतिनिधिसँग भेटघाट गरेका थिए । त्यस्तै, रोनाल्डोले स्पोर्टिङ सिपी फर्किएर आफ्नो करियर टुंग्याउन सक्ने पनि चर्चा छ । रोनाल्डोले यही क्लबबाट आफ्नो व्यवसाहिक करियर सुरु गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप