शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मसालका महामन्त्री मोहनविक्रमलाई कोरोना संक्रमण

मङ्गलबार, २८ वैशाख २०७८, १० : ३६
मङ्गलबार, २८ वैशाख २०७८

नेकपा मसालका महामन्त्री एवम् वरिष्ठ वामपन्थी नेता मोहनविक्रम सिंहलाई कोरोनाभाइरस संक्रमण भएको छ । सिंहको उपचार होम आइसोलेसनमा भइरहेको सो पार्टीका प्रवक्ता रामप्रकाश पुरीले बताएका छन् ।

पुरीले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, ‘उहाँमाथि सङ्क्रमणको प्रारम्भिक अवस्था छ र सुधार उन्मुख दिशामा बढिरहेको छ । दुई दिनअगाडि अक्सिजनको लेबल धेरै कम भएकोमा अहिले केही बढेको अवस्था छ ।’

महामन्त्री सिंह राष्ट्रिय जनमोर्चाकी सांसद दूर्गा पौडेलका पति हुन् । सिंहको हेरचाहमा रहेकी पौडेलले सोमबार प्रतिनिधिसभा बैठकलाई सम्वोधनसमेत गरेकी थिएन् । उनै दूर्गाले हाल सिंहको हेरचाह गरिरहेकी छिन् ।

वयोवृद्ध अवस्थाका नेता सिंह मधुमेहका विरामीसमेत हुन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप