शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माथिल्लो तामाकोशी घाटामा

मङ्गलबार, २८ वैशाख २०७८, ११ : ०६
मङ्गलबार, २८ वैशाख २०७८

माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा साढे ३ करोड घाटामा पुगेको छ । राष्ट्रिय गौरवको आयोजना रुपमा रहेको माथिल्लो तामाकोशी चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ करोड ५० लाख रुपैयाँ नोक्सानीमा गएको हो ।

 गत वर्ष पनि कम्पनी ४ करोड ४४ लाख रुपैयाँ नोक्सानीमा थियो । हाल आयोजनाको निर्माण कार्य भने चरणमा पुगेको छ । यसको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ शीर्षक ८२ करोड ५६ लाख रुपैयाँ ऋणात्मक छ ।

कम्पनीको ४० अर्ब ५ करोड रुपैयाँ दीर्घकालीन ऋण रहेको छ । यस अवधिमा कम्पनीले अन्य स्रोतमार्फत १ लाख ३० हजार रुपैयाँ मात्र आम्दानी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३३ पैसा ऋणात्मक छ । 

गत वर्ष यसको प्रतिसेयर आम्दानी १९ पैसा ऋणात्मक थियो । यसको प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ २० पैसा छ । दोलखामा ४ सय ५६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको यस कम्पनीले आउँदो जेठ महिनाको दोस्रो हप्ताबाट मात्र बिद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप